१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बेल्जियमको कारागारमा कोरोना फैलिएपछि कैँदीका आफन्त आन्दोलित



ब्रसेल्स (सिन्ह्वा) । बेल्जियमको एक कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएपछि तिनका आफन्त आन्दोलित भएका छन् ।

नामुर कारागारमा १३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ ।

सरकारले थुनामा रहेका कैँदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ ।

प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताएका छन् ।

महामारी नियन्त्रणका लागि पर्याप्त सतर्कता अपनाइरहेका समय सङ्क्रमण फैलिएको र यसलाई नियन्त्रणमा ल्याउनका लागि थप कदम चाल्ने उनले बताए । बेल्जियममा संक्रमण फैलिएपछि रात्रिकालीन लकडाउन जारी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ४९ बजे

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क