१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

आइतबारदेखी सुरु भएको सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी विजयी



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा आइतबारदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नक आउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको आइतबार सम्पन्न उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी मणिग्राम विजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूवात गरेको हो ।

सन्जिवनिले दिएको ८५ रनको लक्ष तिलोत्तमाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जितकालागी तिलोत्तमाका कृष्ण कार्किले सर्वाधिक ४३ रनको योगदान गरे । कार्की प्रतियोगिताको म्यान अफ द म्याछ समेत बनेका छन ।

प्रतियोगिताको दोस्रो खेलमा परासी पल्टन अनुपस्थित भएपछी लुम्बिनी नव युवा क्लब वाक ओभरमा बिजयी भएको आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए । यो संगै सन्जिवनी शिक्षा सदन र नवलपरासी पल्टन प्रतियोगिताबाट बाहिरिएका छन ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा बुटवल युथ क्लव र आर.आर. चिलिया बिच खेल हुनेछ भने दोस्रो खेलमा तिलोत्तमा वडा नम्बर १ र सैनामैना क्रिकेट क्लब भिड्ने आयोजकले जानकारी दिए ।

तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यता र तिलोत्तमा क्रिकेट बिकास समितिका सह सचिव मिलन भण्डारीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिन तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ०६ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको