६ श्रावण २०८३, बुधबार | July 22, 2026

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा



काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक अर्धशतकको बलमा विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ ।

यस जितसँगै विराटनगरले आगामी पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै पुनः भिडन्त पक्का गरेको छ । सात खेलमा १२ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा १० अंक बटुलेको विराटनगर दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेटको क्षतिमा सहजतापूर्वक पूरा गर्‍यो । क्वालिफायर प्रवेशका लागि १३.४ ओभरभित्र लक्ष्य पूरा गर्नुपर्ने समीकरण विराटनगरले झनै सहज बनायो ।

विराटनगरको जितका नायक दुवै ओपनर रहे । डू प्लेसिसले मात्र २० बलमा पाँच चौका र चार छक्कासहित ५० रन बनाए । उनले १९ बलमै अर्धशतक बनाएका थिए, जुन एनपीएल दोस्रो संस्करणको सबैभन्दा छिटो अर्धशतक बनेको छ । यसअघि यो रेकर्ड काठमाडौँ गोर्खाजका भीम सार्कीको नाममा थियो, जसले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक बनाएका थिए ।

अर्का ओपनर हेजलेट पनि समानरूपमा आक्रामक रहे । उनले २७ बलमा ५१ रन जोड्दै तीन चौका र चार छक्का प्रहार गरे । यी दुईले पहिलो विकेटका लागि ७.१ ओभरमा ९७ रनको पावर-पार्टनरसिप निर्माण गर्दै विराटनगरलाई विजयी आधार दिलाए ।

यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । आरिफ सेखले ३२ बलमा एक चौका र तीन छक्कासहित ४५ रन बनाए । इशान पाण्डेले ३८, जस ब्रोनले २४, कप्तान दीपेन्द्र सिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन जोडे ।

विराटनगरका बलरमध्ये सन्दीप लामिछाने सर्वाधिक सफल रहे । ४ ओभरमा २० रन खर्चिँदै तीन विकेट हात पारे । प्रतिश जीसीले दुई तथा बसिर अहमेदले एक विकेट लिएका थिए ।

एनपीएलको पहिलो क्वालिफायर मंगलबार हुने तालिका छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ३ : ३६ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर