१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रचण्ड-नेपाललाई गृहमन्त्री थापाको सुझाव : आत्मालोचना गर, पार्टी एकतामा आऊ, सच्चिने अवसर नगुमाऊ !



पोखरा । गृहमन्त्री एवम् ओली नेकपाका नेता रामबहादु थापाले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

पोखरामा ओली पक्षीय कार्यकर्ता भेलाललाई सम्बोधन गर्दै नेता गृहमन्त्री थापाले प्रचण्ड नेपाललाई पार्टी एकता जोगाउने अन्तिम अवसर भएको बताउँदै अविश्वासको प्रस्तावतिर नलाग्न सुझाव दिएका हुन् ।

अविश्वासको प्रस्ताव फिर्ता लिएर सच्चिएर भदौ २६ को निर्णयमा फर्किन उनले आग्रह गरे । उनले भने, तपाईंहरुलाई सच्चिने अन्तिम अवसर छ । अविश्वास प्रस्तावलाई फिर्ता गरेर पार्टी एकताका निम्ति भदौ २६ मा फर्किनुहोस् । आत्म आलोचनसहित भदौ २६ को निर्णय पालना गर्नुहोस् र एकतामा सहयोग पुयाउनुहोस् ।’

गृहमन्त्री थापाले प्रचण्डले ‘कर्फर्टेबल सरकार’ को नाममा राष्ट्रिय स्वाधीनातामा अतिक्रमण गर्ने कोसिस गरेको आरोप लगाए । उनले भने, ‘तर, एकथरी हाम्रा कमरेडहरू कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई अतिक्रमण गर्न चाहन्छन् । समाजवाद रोक्न चाहन्छन् ।’

थापाले सर्वोच्च अदालतको फैसलाले देशमा अस्थिरता निम्तिने दाबी गरे । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम सही रहेको बताउँदै उनले अदालतको फैसलाबाट देश अस्थिरतामा जान लागिसकेको बताए ।

संसदमा अब हुने लडाईंमा आफुहरुको विजय हुने पनि थापाले दाबी गरे । उनले भने, ‘अब संघर्ष अदालत र सडकबाट संसदमा प्रवेश गरेको छ । यो नयाँ मोर्चामा हामीले विजय प्राप्त गर्ने छौं, हामीले विजय प्राप्त गर्नैपर्छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : ३४ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज