७ आश्विन २०८३, बुधबार | September 23, 2026

देशैभर ‘भाले’ भिडन्तको तयारीमा रहेको दुई नेकपा बाँकेमा भने एउटै मोर्चा बनाएर चुनाव लड्दै



नेपालगन्ज । देशैभर नेकपाके ओली र प्रचण्ड-नेपाल पक्षका बीच बोलिबारबार भएको अवस्थामा बाँकेको कोहलपुरमा भने यी दुई समूह संयुक्त गठबन्धन बनाएर निर्वाचनमा होमिएकाछन् । केन्द्र देखि स्थानीय तहसम्म एकले अर्काको अस्तित्व समेत स्विकार गर्न नसकिरहेका बेला कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ओली पक्षर प्रचण्ड-नेपाल पक्षको नेकपा एउटै मोर्चामा चुनावी मैदानमा देखिएका हुन् ।

प्रचण्ड-नेपाल पक्षका व्यापारी नेता विष्णु प्रसाद खनाल नेतृत्वमा साझा समाबेशी प्यानल बनाउँदै कोहलपुरमा उद्योग बाणिज्य संघमा दुई नेकपा सहित राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका छन् ।

खनाल नेतृत्वको प्यानललाई जिताउन भेट्दा बोल्न समेत आनाकानी गर्ने दुई नेकपाका नेताहरु सहित राजमोका नेताले संयुक्त विज्ञप्ति प्रकाशित गरेर मत दिन आह्वान गरेका छन् । फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा खनाल नेतृत्वको साझा समाबेशी प्यानल र लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूह चुनावी मैदानमा होमिएका छन ।

पौडेल नेतृत्वको प्यानललाई कांग्रेस, राप्रपा सहित राजपाको समर्थन रहेको बुझिएको छ ।

तिन दलद्धारा आईतबार जारी गरीएको अपिलमा कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र संर्वद्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता बोध भएको उल्लेख गरीएको छ ।

साथै विज्ञप्तिमा राजनितिक दल भित्र देखिएको विमतीलाई थाती राखेर चुनावमा सम्पुर्ण प्रगतीशिल व्यवसायीहरुलाई जिताउन आग्रह समेत गरीएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : ३९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११