१ पुस २०८२, मंगलबार | December 17, 2025

देशैभर ‘भाले’ भिडन्तको तयारीमा रहेको दुई नेकपा बाँकेमा भने एउटै मोर्चा बनाएर चुनाव लड्दै



नेपालगन्ज । देशैभर नेकपाके ओली र प्रचण्ड-नेपाल पक्षका बीच बोलिबारबार भएको अवस्थामा बाँकेको कोहलपुरमा भने यी दुई समूह संयुक्त गठबन्धन बनाएर निर्वाचनमा होमिएकाछन् । केन्द्र देखि स्थानीय तहसम्म एकले अर्काको अस्तित्व समेत स्विकार गर्न नसकिरहेका बेला कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ओली पक्षर प्रचण्ड-नेपाल पक्षको नेकपा एउटै मोर्चामा चुनावी मैदानमा देखिएका हुन् ।

प्रचण्ड-नेपाल पक्षका व्यापारी नेता विष्णु प्रसाद खनाल नेतृत्वमा साझा समाबेशी प्यानल बनाउँदै कोहलपुरमा उद्योग बाणिज्य संघमा दुई नेकपा सहित राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका छन् ।

खनाल नेतृत्वको प्यानललाई जिताउन भेट्दा बोल्न समेत आनाकानी गर्ने दुई नेकपाका नेताहरु सहित राजमोका नेताले संयुक्त विज्ञप्ति प्रकाशित गरेर मत दिन आह्वान गरेका छन् । फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा खनाल नेतृत्वको साझा समाबेशी प्यानल र लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूह चुनावी मैदानमा होमिएका छन ।

पौडेल नेतृत्वको प्यानललाई कांग्रेस, राप्रपा सहित राजपाको समर्थन रहेको बुझिएको छ ।

तिन दलद्धारा आईतबार जारी गरीएको अपिलमा कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र संर्वद्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता बोध भएको उल्लेख गरीएको छ ।

साथै विज्ञप्तिमा राजनितिक दल भित्र देखिएको विमतीलाई थाती राखेर चुनावमा सम्पुर्ण प्रगतीशिल व्यवसायीहरुलाई जिताउन आग्रह समेत गरीएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : ३९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष