१५ माघ २०८२, बिहिबार | January 30, 2026

एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा



काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।

नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ ।

डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ । रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ ।

अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ । अगाडी र पछाडी दुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।

सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डीजीम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ ।

इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम ९भ्ःक्० जडान भएको हुँदाँ अपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् । मसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ । नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन् ।

आइएमई अटोमोटिम्स प्रा.लिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ४७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला