८ माघ २०८२, बिहिबार | January 22, 2026

१ महिनाका बीच ३ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले १ महिनाका बीचमा ३ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । गत फागुनको पहिलो सातमा २ पटक मुल्य बढाएको निगमले आज पुनः मुल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमले जनाएको छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य भने यस पटक यथावत राखिएको छ ।

प्रत्येक ईस्वि सम्बतको महिनाको १ र १६ गते समायोजित मुल्य बठाउने गरेको भारतीय आयल निगम (आइओसी) ले आज पुनः पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको कारण मुल्य बढाृनु परेको निगमले जनाएको छ ।

निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : १५ बजे

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको