५ पुस २०८२, शनिबार | December 20, 2025

मोटरसाइकलको ठक्करबाट दाङमा स्कुले बालिकाको मृत्यु



दाङ । मोटरसाइकलले ठक्कर दिँदा दाङमा स्कुले बालिकाको मृत्यु भएको छ ।

विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका १७ सिस्ने खोलाकी १५ वर्षीया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

उनी दाङको घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो । विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा.४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पीताम्बर रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको