१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

राहत र अनुदान दुरुपयोग रोक्न प्रिपेड कार्ड मार्फत राहत वितरण



बर्दिया । बर्दियाको बारबर्दियामा कोभिडबाट प्रभावित विपन्न नागरीकहरुलाई प्रिपेड कार्ड मार्फत राहत वितरण गरीएको छ । राहत रकमको दुरुपयोग नहोस् भन्ने उद्देश्यका साथ नगरपालिका, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले राहत कार्ड मार्फत राहत रकम वितरण गरेको हो ।

बारबर्दिया नगरपालिकाका वडा नं ३ र वडा नं ११ मा प्रिपेड कार्ड वितरण गर्न थालेको हो । प्रिपेड कार्ड वितरणका लागि बैंकिङ्ग सहयोग प्रभु बैंकले गरेको छ । कार्डको प्रयोग गरी राहत पाएका परिवारहरुले आफ्नो आवश्यक्ता अनुसार खाद्यन्न लत्ताकपडा औषधी, निर्माण सामाग्रीहरु खरिद गर्न सक्छन् ।

दुई वटा वडाका अतिविपन्न, गरिब, अपाङ्ग लगायतकालाई राहत वितरण गरीएको हो । राहतवितरण कार्यको सुरुवात बारबर्दिया नगरपालिका वडा नं ११ बाट सुरु गरीएको छ । कोभिडबाट प्रभावित अतिविपन्न परिवारको पहिचान गरी राहत रकम उपलब्ध गराईएको बारबर्दिया नगरपालिका ११ नं वडा अध्यक्ष विजयकुमार चौधरीले बताए । राहत पाउने सेवाग्राहीले आँफुलाई आवश्यक पर्ने सामाग्री खरिदको लागितो किएको पसलमा जान सक्नेछन् ।

सामान खरिद गर्नकालागि बारबर्दिया –६ जयनगरमा रहेका किराना पसल, खाद्यन्नपसल, हार्डवेयर, कपडा पसल, औषधी पसलहरुमा व्यवस्था मिलाईएको छ । पसलमा कार्ड स्विप गर्ने मेसिन दिईएको छ । राहत पाउने परिवारले आवश्यक्ता अनुसार सामाग्रीहरु खरिद गरुन् र अनावश्यक खर्च नगरुन् भनेर कार्ड मार्फत रकम उपलब्ध गराईएको वडाध्यक्ष चौधरीले बताए ।

कार्डबाट राहत दिँदा रकमको दुरुपयोग हुनबाट जोगिने बारबर्दिया नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक टेकबहादुर वि.क.ले बताए ।

प्लान इन्टरनेशनल नेपालले पहिलो चरणमा १० हजार दुई सय ५० रुपैयाँ उपलब्ध गराएको छ । सो रकम खर्च भई सकेपछि पुनःअर्को किस्ता रकम दिईने प्लान नेपाल बाँके युनेस्को क्लबले जनाएको छ । बारबर्दिया नगरपालिकाको वडा नंम्बर ११ का २ सय ९ जनालाई कार्ड बितरणको गरिएको छ भने वडा नम्बर ३ मा २ सय ७ जनालाई प्रि–पेड कार्ड बितरण गर्ने कार्यक्रम रहेको छ ।

नगर भित्र अतिजोखिममा रहेका परिवारकालागि उत्थानशिलता निर्माण र आधारभूत आबश्यकता सुनिश्चितताका लागि पालिकाले राहत रकम बितरण गर्न थालेको हो ।

बारबर्दिया नगरपालिकामा यस अघि वडा नम्बर १ र १० मा क्रमशः २२२, २२४ जनाले २७ हजार बराबरको आबश्यक समाग्रीप्राप्त गरीसकेका छन् । बर्दियामा पहिलो पटक मा ४ सय ४६ जनालाई र हाल ३ र ११ वडाका ४ सय १६ जनालाई कार्ड बितरण गरिरहेको छ ।

यसैगरी प्रिपेड कार्डमा कुनैपनि समस्याआएमा बैंकमा सम्पर्क गर्न प्रभु बैंक गुलरियाका प्रबन्धक संरक्षण शर्माले बताए । उनले आफ्नो पिन नं सुरक्षित राख्न सिकाउँदै ठगिएको कुनै शंकालागेमा बैंकमा सम्पर्क गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ०८ बजे

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड