११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रकाण्डको नेतृत्वमा विप्लव नेकपाको वार्ता टोली गठन



काठमाडौं । सरकारले वार्ता टोली गठन गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली बनाएको छ ।

विप्लव नेकपाले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको हो । विश्वकर्मासहित दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको नेकपाले जनाएको छ ।

नेकपाले सरकारसँग वार्ताका लागि सहज वातावरण बनाउन आग्रह गरिरहेको छ । जेल र हिरासतमा रहेका नेता कार्यकर्ताको रिहा, हातहतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने जस्ता शर्त राखेको यो समुहले सरकारसँग अनौपचारिक छलफल सकारात्मक बनेपछि औपचारिक वार्ताका लागि तयार भएको थियो । सोही कारण आज सरकारबाट वार्ता टोली गठन भएलगत्तै यो समुहले वार्ता टोली गठन भएको जानकारी गराएको हो । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापाले गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन्

सरकार र विप्लव समुहबीच छिट्टै वार्ता हुने बताइएको छ । सरकारले यो समुहमाथि लगाएको प्रतिबन्ध हटाउन लागेको जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी गराएका छन् । विप्लव समुहको वार्ता टोलीले आफ्नो पक्षको बैठक बसेर वार्ताका एजेण्डा तय गर्ने जनाएको छ ।

सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै विप्लव नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : १२ बजे

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय