२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देही सुपरलिग : जीआरलाई सफलता



भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएकोे देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाई ११२ रनको योगफल बनायो । उसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र शुभम ढकालले २० रन बनाए । बलिङमा जीआरका नितेश थापाले ८ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, सिद्धान्तराज शाहीले २ तथा धिरज शाही र शौरभ खनालले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जीआरले १९.१ ओभरमा ३ विकेट क्षतिमा ११६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा राजवीर सिंहले नटआउट ४३, संदीप सुनारले २२ र विशाल भुसालले नटआउट १९ रन बनाए । बलिङमा देवदहका दीपक श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खड्काले समान १÷१ विकेट लिए । बुधबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ३ : ०२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले