१ पुस २०८२, मंगलबार | December 16, 2025

यही सरकार जनताको लागि कम्फर्टेवल छ : प्रधानमन्त्री ओली



झापा । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन दाेहाे¥याएर चुनौती दिएका छन्।

सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलामा चनौती दिएका प्रधानमन्त्री ओलीले मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा आफूहलाई हटाउन सजिलो नभएको कुरा दोहो¥याएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू अदालतमा मुद्दा हाल्न नगएको बताउँदै अदालतको आदेश पालना गर्न तयार रहेको बताए । उनले आफूले अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्ने पनि बताए।

उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।

‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।

‘मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशी साथ हट्छु। तर, मलाई हटाउन सजिलो छैन’, उनले भने, ‘अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव हुन्छ। त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु।’

वर्तमान सरकार नै जनताका लागि कम्फर्टेवल भएको बताउंदै उनले अर कसैको कम्फर्टेवलका बिषयमा आफुले केहि नसोंचेको बताए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ०२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज