२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

वीर गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता : सनिल क्वार्टरफाइनलमा



काठमाडौं । ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी हुन् । पुरुषकै ६४ केजी तौल समूहमा आयुषमान चटौतले अर्विन पञ्जियार, टोविन प्रधानले देवराज जोशी र पवन गुरुङले विश्वदीप मोक्तानलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए ।

नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको पुरुष ५२ केजीमा एनआईडीसीका नारायण भुजेलले सीबीसीका जीवनकुमार पुनलाई पराजित गरे । यही तौल समूहका अन्य स्पर्धामा सुमन नेपाली, शक्ति लामा र बुद्ध लामाले पनि जित निकाले । सुमनले मदनकृष्ण डंगोल, शक्तिले विमोचन लामिछाने र बुद्धले नवराज सुवेदीलाई पराजित गरे ।

यसैगरी पुरुषकै ५६ केजी तौल समूहमा अजय चौधरीले मिङ्मार शेर्पा, प्रशान्त लामाले कल्याण राई र प्रकाश मगरले लोमस अधिकारीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुष ६० केजीमा मौसम रानामगर, शेखर कुटुभुजु, आभासप्रताप शाह र विवेक गुरुङले जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाए । मौसमले निश्चल गुरुङ, शेखरले अनिलरत्न वज्राचार्य, आभासप्रतापले सुजितध्वज कार्की र विवेकले मार्सल गुरुङलाई पराजित गरे ।

पुरुषकै ६९ केजी तौल समूहमा सन्तोष खत्रीले प्रशान्त तामाङ तथा चन्द्र तामाङले आशुतोष मुल्मीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुषकै ७५ केजीमा रुपक नेपालीले रोशनलाई श्रेष्ठलाई पराजित गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : १० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री