६ श्रावण २०८३, बुधबार | July 23, 2026

कोरोना नियन्त्रणका लागि जर्मनीमा लगाइएको प्रतिबन्ध खुकुलो पारिँदै



बर्लिन(एएफपी) । जर्मनीका चान्सलर एन्जेला मर्केलले कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई खुकुलो पार्दै जाने योजना सार्वजनिक गरेकी छन ।

चान्सलर मर्केलले कोभिड-१९ विरूद्धको खोप उपलब्ध भइसकेको र सङ्क्रमण दरमा पनि विस्तारै कमी आएको भन्दै आंशिक लकडाउनका कार्यक्रम मङ्गलबारदेखि विस्तारै खुकुलो बनाउन सरकार र विज्ञहरूसँग प्रस्ताव गरेकी छन ।

उनले अर्को हप्तादेखि घरपरिवारबीच अझ बढी सामाजिकरणको अनुमति दिन चाहेको प्रस्ताबमा उल्लेख गरिएको छ । पाँच जनाभन्दा बढी जम्मा नहुने गरी मार्च ८ देखि दुई घरपरिवारबीच भेला हुन पाउने व्यवस्था गरिने प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा पुस्तक पसल, फूल पसल तथा बगैँचा केन्द्रहरूलाई छिट्टै पुनः सञ्चालनका लागि अनुमति दिइने उल्लेख गरिएको छ । प्रस्तावलाई जर्मनीका १६ क्षेत्रीय सरकार प्रमुखले अनुमोदन गर्न बाँकी रहेको र मर्केल र उनीहरूबीच छलफलको तयारी भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ३४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क