२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पश्चिमान्चल यातायात व्यवसायी समितिद्धारा ढुवानी व्यवसायीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान



बुटवल । पश्चिमान्चल यातायात व्यवसायी समितिले ढुवानी व्यवसायी समिति रुपन्देहीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ ।

बिहिबार एक कार्यक्रमका बिच समितिका अध्यक्ष यम प्रसाद पाण्डे, नेपाल यातायात व्यवसायी महासंघका के वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार लोकराज पोखरेल, जित बहादुर भाट, माधव नेपाल, समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले नवनिर्वाचित कार्यसमितिलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

समितिका अध्यक्ष यम प्रसाद पाण्डेले दुई संस्था बिच सहकार्यको पुरानो संस्कारलाई निरन्तरता दिएको बताए । पछिल्लो समय सरकारबाट लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्घि गर्दा आफुहरुको ब्यवसाय संकटमा परेको दुखेसो उनले गरे । धेरै समस्याबाट ग्रुजिरहेको बेला आफुहरुको पीडामा सरकार मलहम लगाउने आशा नै हराएको उनले बताए ।

कार्यक्रममा ढुवानी समितिको अध्यक्षमा श्यामराज हमाल ठकुरी दुई संस्था एकअर्काको पुरक भएको भन्दै ब्यवसायिक हितका लागि एक भएर बढ्ने प्रतिवद्घता जनाए ।

हालै सम्पन्न ढुवानी समितिको अधिवेसनबाट नवनिर्वाचित अध्यक्षमा श्यामराज हमाल ठकुरीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, प्रथम उपाध्यक्ष रामकाजी क्षेत्री, द्घितिय उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, महासचिव रामप्रसाद गैरे, सचिव गोबिन्द श्रेष्ठ, कोषाध्यक्ष शंकर कोईराला, सदस्य रामनारायण ठाकुर, कमलराज ढुगाना, माधव प्रसाद आचार्य, उज्जल केसी निर्वाचित भएका हुन ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ५ : ३७ बजे

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ