३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पश्चिमान्चल यातायात व्यवसायी समितिद्धारा ढुवानी व्यवसायीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान



बुटवल । पश्चिमान्चल यातायात व्यवसायी समितिले ढुवानी व्यवसायी समिति रुपन्देहीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ ।

बिहिबार एक कार्यक्रमका बिच समितिका अध्यक्ष यम प्रसाद पाण्डे, नेपाल यातायात व्यवसायी महासंघका के वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार लोकराज पोखरेल, जित बहादुर भाट, माधव नेपाल, समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले नवनिर्वाचित कार्यसमितिलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

समितिका अध्यक्ष यम प्रसाद पाण्डेले दुई संस्था बिच सहकार्यको पुरानो संस्कारलाई निरन्तरता दिएको बताए । पछिल्लो समय सरकारबाट लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्घि गर्दा आफुहरुको ब्यवसाय संकटमा परेको दुखेसो उनले गरे । धेरै समस्याबाट ग्रुजिरहेको बेला आफुहरुको पीडामा सरकार मलहम लगाउने आशा नै हराएको उनले बताए ।

कार्यक्रममा ढुवानी समितिको अध्यक्षमा श्यामराज हमाल ठकुरी दुई संस्था एकअर्काको पुरक भएको भन्दै ब्यवसायिक हितका लागि एक भएर बढ्ने प्रतिवद्घता जनाए ।

हालै सम्पन्न ढुवानी समितिको अधिवेसनबाट नवनिर्वाचित अध्यक्षमा श्यामराज हमाल ठकुरीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, प्रथम उपाध्यक्ष रामकाजी क्षेत्री, द्घितिय उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, महासचिव रामप्रसाद गैरे, सचिव गोबिन्द श्रेष्ठ, कोषाध्यक्ष शंकर कोईराला, सदस्य रामनारायण ठाकुर, कमलराज ढुगाना, माधव प्रसाद आचार्य, उज्जल केसी निर्वाचित भएका हुन ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ५ : ३७ बजे

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको