१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

वीर गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता : रमिसा र माया सेमिफाइनलमा



काठमाडौं । आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिला ४८ केजी तौलसमूहमा रमिसाले प्लाटिनमकी तेजीमाया गुरुङ र मायाले भक्तपुरकी करुणा चक्रधरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यही तौल समूहमा भक्तपुरकी अस्मिता दुवालले तारकेश्वरकी जानुका थापा र नक्सालकी सुस्मिता तामाङले नुवाकोटकी प्रगति थापालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए । महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोन र बक्समान्डुकी जस्मिन केसीले पनि अन्तिम चारमा स्थान बनाए । महिलाको ५७ केजीमा आरडीएसकी सुमिरा रुपाखेती र रामेछापकी डोल्मा तामाङ पनि सेमिफाइनलमा पुगे । महिला ६० केजीमा केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र नुवाकोटकी रीता विकले सेमिफाइनलमा स्थान बनाए ।

यसैगरी पुरुष ६४ केजीमा ललितपुरका सनिल शाहीले पनि सेमिफाइनलमा स्थान बनाए । १३औं दक्षिण एसियाली खेलकुद [साग]का स्वर्ण विजेता शाहीले आयुषमान चटौतलाई पराजित गरे । यस तौल समूहमा धादिङका पवन गुरुङ र प्लाटिनमका अस्विनदेव श्रेष्ठले पनि अन्तिम चारमा स्थान बनाए ।

पुरुषकै ४९ केजीमा नक्सालका पवनबहादुर श्रेष्ठ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई र तारकेश्वरका सुजन ओलीले अन्तिम चारमा स्थान सुरक्षित बनाए । ५२ केजीमा कोटश्य भैरवका सुमन नेपाली, मकवानपुरका बुद्ध लामा, थानकोटका सुजन महर्जन र बक्समान्डुका वाङ्दी शेर्पा सेमिफाइनल पुगे ।

पुरुषको ५६ केजीमा कोटस्य भैरवका प्रशान्त लामा, नुवाकोटका प्रकाश मगर, चन्डोलका जेनिस गुरुङ र एचटुओका बुद्ध लामाले अन्तिम चारमा स्थान बनाए । पुरुषकै ६० केजीमा नक्सालका मौसम रानामगर, ललितपुरका आभासप्रताप शाह, बक्समान्डुका गणेश थापा र तारकेश्वरका अनिल पुन मगर पनि सेमिफाइनलमा पुगे ।

प्रतियोगिताको हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : १० बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको