११ श्रावण २०८३, सोमबार | July 27, 2026

शिलान्यासपछिको सम्बोधन बीचमै रोकेर अर्थमन्त्री पौडेल मोतिपुरबाट हिँडे, स्थानीय र प्रहरीबीच झडप जारी



बुटवल । स्थानीयबासीको चर्को विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्केका छन् ।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरी सहित केहि प्रहरी घाइते भएका छन् ।

अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानै देखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रहरीको पछाडीबाट पौडेल समर्थक कार्यकर्ताहरुले पनि ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले पटक पटक लाठी चार्ज गरेको छ भने स्थानीयबासीले पनि शिलान्यासस्थलमा प्रवेश गर्न प्रयास गरिरहेका छन् ।

पौडेल सम्बोधन बिचमै रोकेर हिंडेपनि सो क्षेत्रमा तनाव रोकिएको छैन । शिलान्यास गरिएको क्षेत्र भत्काउन स्थानीयले प्रयास जारी राखेका छन् भने प्रहरीले उनीहरुलाई रोक्न लाठी चार्ज गरेको छ ।

सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास सम्पन्न गरेपनि शिलान्यास स्थलनै जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।

बिहिबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काईदिएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

बिहानै देखि बालबच्चा र जेष्ठ नागरिक सहित कार्यक्रमस्थल घेर्न आएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

मोतिपुर औधोगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिन मध्य २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : २२ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न