१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

शिलान्यासपछिको सम्बोधन बीचमै रोकेर अर्थमन्त्री पौडेल मोतिपुरबाट हिँडे, स्थानीय र प्रहरीबीच झडप जारी



बुटवल । स्थानीयबासीको चर्को विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्केका छन् ।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरी सहित केहि प्रहरी घाइते भएका छन् ।

अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानै देखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रहरीको पछाडीबाट पौडेल समर्थक कार्यकर्ताहरुले पनि ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले पटक पटक लाठी चार्ज गरेको छ भने स्थानीयबासीले पनि शिलान्यासस्थलमा प्रवेश गर्न प्रयास गरिरहेका छन् ।

पौडेल सम्बोधन बिचमै रोकेर हिंडेपनि सो क्षेत्रमा तनाव रोकिएको छैन । शिलान्यास गरिएको क्षेत्र भत्काउन स्थानीयले प्रयास जारी राखेका छन् भने प्रहरीले उनीहरुलाई रोक्न लाठी चार्ज गरेको छ ।

सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास सम्पन्न गरेपनि शिलान्यास स्थलनै जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।

बिहिबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काईदिएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

बिहानै देखि बालबच्चा र जेष्ठ नागरिक सहित कार्यक्रमस्थल घेर्न आएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

मोतिपुर औधोगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिन मध्य २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : २२ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट