४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय सभागृहमा सरकार र विप्लव समुहबीच हस्ताक्षर समारोह सुरु



काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच वार्ता सफल भएपछि राष्ट्रिय सभागृहमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा सरकार र विप्लव समुहबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न हुनेछ । हस्ताक्षर समारोहपछि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कर्याक्रम रहेकोछ ।

सभागृह पुग्नुअघि विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए । त्यसअघि विप्लवसहितका नेताहरुले सामाखुशीस्थित गोंगबु आवास क्षेत्रको एक घरमा आफ्ना नेताहरुसँग छलफल गरेका थिए ।

सरकार र विप्लव समुहबीच बुधबार र बिहीबार भएको तीन चरणको वार्ता सम्पन्न भएपछि विप्लव सार्वजनिक भएका हुन् ।

दुई वर्ष अघि ओली सरकारले नै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको थियो । वार्ता सम्पन्न भए लगत्तै सो समुहका गिरफ्तार नेता कार्यकर्तालाई सरकारले रिहा गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको