२६ बैशाख २०८१, बुधबार | May 9, 2024

प्रधानमन्त्रीमा दाबी गरेको छैन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले प्रधानमन्त्रीको दाबी नगरेको बताएका छन् ।

शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावी प्रधानमन्त्री भएपनि आफु प्रधानमन्त्रीको लागि तयार नभएको बताएका हुनु ।

महाधिवेशन नजिकिएको भन्दै देउवाले यतिबेला पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले भने, – ‘मैले प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो । विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिस्टर हो । मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन । अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ । महाधिवेशन आइसकेको छ ।’

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताए । संसदीय प्रणालीको संरक्षक आफुहरु भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफुहरुको असफलता हुने भन्दै बरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखि संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिए । संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम आफुहरुले गर्नु नहुने उनको भनाई छ ।

पौडेलले भने, ‘अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो । आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरु कुराको स्वार्थमा नलागिदिनुस् । किनभने भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिष्ट फेल भइसकेका छन् । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम हामीले नगरौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे । नेकपा हालसम्म विभाजन नभएको भन्दै कोइरालाले नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ सचेत गराए ।

‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभइ कुनै पनि कदम चाल्दा त्यसले भोलि अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ कि भन्ने मलाई चिन्ता छ । नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुन सक्यो भने, त्यो हिसाबले सोचेर अगाडि बढेमा पक्कै पनि नेपाली कांग्रेसको भविष्य छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताउनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : २३ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s