२५ आश्विन २०८३, आइतबार | October 11, 2026

प्रधानमन्त्रीमा दाबी गरेको छैन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले प्रधानमन्त्रीको दाबी नगरेको बताएका छन् ।

शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावी प्रधानमन्त्री भएपनि आफु प्रधानमन्त्रीको लागि तयार नभएको बताएका हुनु ।

महाधिवेशन नजिकिएको भन्दै देउवाले यतिबेला पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले भने, – ‘मैले प्रधानमन्त्रीको लागि तयार भएको होइन तर विपक्षी दलको नेता भनेको वेटिङ प्राइमिनिस्टर हो । विपक्षी दलको नेता भनेकै अल्टरनेटिभ प्राइमिनिस्टर हो । मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन । अहिले पार्टीलाई एक गर्दै लानुपर्ने आवश्यकता छ । महाधिवेशन आइसकेको छ ।’

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताए । संसदीय प्रणालीको संरक्षक आफुहरु भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफुहरुको असफलता हुने भन्दै बरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखि संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिए । संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम आफुहरुले गर्नु नहुने उनको भनाई छ ।

पौडेलले भने, ‘अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो । आजैबाट सोचौँ । डेडलक भोलि नै हटाऔँ । अरु कुराको स्वार्थमा नलागिदिनुस् । किनभने भविष्य हाम्रो हो । भविष्य लोकतन्त्रको हो । भविष्य लोकतान्त्रिक समाजवादको हो । कम्युनिष्ट फेल भइसकेका छन् । संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन् । तर संसदीय व्यवस्थालाई क्षति पु¥याउने काम हामीले नगरौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे । नेकपा हालसम्म विभाजन नभएको भन्दै कोइरालाले नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ सचेत गराए ।

‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभइ कुनै पनि कदम चाल्दा त्यसले भोलि अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ कि भन्ने मलाई चिन्ता छ । नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुन सक्यो भने, त्यो हिसाबले सोचेर अगाडि बढेमा पक्कै पनि नेपाली कांग्रेसको भविष्य छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको भातृ संगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताउनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : २३ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

घरघरमा जमरा राखियो

काठमाडौं । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम