२० माघ २०८२, मंगलबार | February 3, 2026

मन्त्री भट्टको स्पष्टीकरण : पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा हस्तक्षेप गरेको छैन



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताउनुभएको छ ।

शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहिपनि हस्तक्षेप नगरेको बताएका हुन् ।

अन्य मुलुकको मुल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको भट्टको भनाइ छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । भट्टले भने, – ‘अटोमेशनमा लैजाने भन्ने फेरि मुल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मुल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ ।’

मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहाने, विनास चाहाने प्रवृति आफुहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले भने, – ‘अहिले सरकारले गरेका कामहरु त देखिइराछन् । हामिले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन् । विकास नचाहाने, विनाश चाहाने प्रवृत्ति पनि छ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा त्यस्तै प्रवृतिले ढुंगामुढा गर्न लगायो । ’

मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो आत्मअनुशासन होकि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उनले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत सुझाए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ४६ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि