५ चैत्र २०८२, बिहिबार | March 20, 2026

बुटवलमा श्रमिक महिलाका कानुनी अधिकारबारे छलफल : “अधिकार संगै कर्तव्य र उत्तरदायित्व पनि सम्झौं”



बुटवल । अधिकारमुखी आन्दोलन र अभियानसंगै कर्तव्य तथा उत्तरदायित्वका बारेमा पनि पैरवी गर्न जरुरी रहेको महिला अगुवा एवम् अधिकारकर्मीहरुले जोड दिएका छन् ।

नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लामो लडाइँ संविधान जारी भएसंगै पूरा भएको र अब समानतासहित आर्थिक समृद्धिका लागि लडाइँ जरुरी रहेको उनीहरूको जोड छ ।

बुटवल उपमहानगरपालिकाको आयोजनामा शनिबार बुटवलमा आयोजना गरिएको श्रमिक महिलाका कानुनी अधिकारका विषयक कार्यक्रममा सहभागी अगुवा एवम् अधिकारकर्मीहरुले हिंसाका विरुद्ध सबै एकजुट भएर समानतासहितको समृद्धिको लडाइँमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

अबको लडाई महिला समानता र आर्थिक समृद्धिका मुद्दामा केन्द्रित हुनु पर्ने भन्दै उनीहरूले अधिकारसंगै जोडिएको कर्तव्यका बारेमा सजग हुनु जरुरी रहेको औंल्याए ।

कतिपय क्षेत्रमा महिलालाई अझैपनि विभेद गरिएको उल्लेख गर्दै समान ज्याला, काम अनुसारको सम्मान र सामाजिक सुरक्षाका सबालमा विशेष हेक्का राख्न जवाफदेही निकायको ध्यानाकर्षण गराए । न्यायमा समान पहुँचका लागि सचेतना र दक्षता विकासमा पनि लाग्नुपर्ने उनीहरूको भनाइ थियो ।

१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले सुदृढ परियोजनाको सहकार्यमा शनिबार बुटवलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

लैङ्गिक न्याय र श्रम क्षेत्रसँग सम्बन्धित कानुन विषयक छलफल कार्यक्रममा संघीय सांसद तथा महिला अगुवा डाक्टर विन्दा पाण्डेले कानुनी अधिकार र हिंसामुक्त समाज निर्माणका आधारका बारेमा अवधारणापत्र प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा सहभागिहरुले महिला अधिकारसँगै कर्तब्यबोध हुनुपर्ने र हिंसामा परेका महिला वा पुरुष जोसुकैलाई पनि कानुनी न्यायको अनुभूति गराउनुपर्ने कुरामा जोड दिएका थिए ।

लैंगिक अधिकारका बारेमा विशेष जानकार समेत रहेकी सांसद पाण्डेले एक व्यक्तिले अर्को व्यक्ति माथि गर्ने कुनै पनि प्रकारका क्षति लैंगिक हिंसा भएकाले एकपक्षले अर्को पक्षलाई पीडा दिने गरि कुनै पनि क्रियाकलाप गर्न नहुने बताइन ।
उनले पीडा दिने पीडकलाई कानुन बमोजिम कार्वाही हुने र त्यसमा लिंगका आधारमा कुनै भेदभाव हुन नहुने समेत स्पष्ट पारिन ।

श्रमिक महिलाका सबालमा पहिचान र न्यायमा पहुँच सुनिश्चित गर्दै समान ज्याला र समान अवसर दिनुपर्ने बताइन ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले महिला अधिकारसंगै कर्तव्य र उत्तरदायित्वका पाटामा पनि अभियान चलाउन जरुरी रहेको बताइन । उनले बुटवल उपमहानगरपालिकालाई लैंगिक हिंसामुक्त नगरका रुपमा घोषणा गर्दै कार्ययोजना कार्यान्वयनमा आफुहरु केन्द्रित रहेको बताइन ।

उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्यालले अधिकारसंगै कर्तव्य सम्झाउने र जवाफदेही निकायलाई अझ जिम्मेवार बनाउनेतर्फ अभियान केन्द्रित गर्नुपर्ने बताइन । उनले पीडितलाई न्याय र पीडकलाई कानुनी रुपमा जवाफदेही बनाउनेगरि सबैको सहकार्य हुनुपर्ने बताइन ।

कार्यक्रममा नेकपाका नेता शोभाखर पोखरेल, घरेलु तथा साना उद्योग महासंघ लुम्विनी प्रदेशका शान्ति शर्मा, महिला अधिकारकर्मी ज्ञानु केसी, सुदृढ परियोजनाका बेबी शाहलगायतले महिलाहरु अझैपनि लैङ्गीक विभेदमा पर्ने गरेको उल्लेख गर्दै महिला तथा बालबालिकाको न्यायका लागि बनेका कानुनहरु अक्षरस कार्यान्वयन हुनुपर्ने बताइन ।

हिंसाका कतिपय घटनामा वास्तविकता नै नबुझीकन एकपक्षीय पैरवी हुने गरेका गुनासा पनि आउने गरेको भन्दै कार्यक्रमका सहभागीले हिंसामा महिला मात्रै नभइ पुरुष र तेस्रोलिंगी पनि पर्ने गरेकाले सत्य तथ्य र वास्तविकताका आधारमा पैरवी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बुटवल क्षेत्रका सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ४७ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको