११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

प्रचण्ड-नेपाल पक्षको पत्र संसद सचिवालयद्वारा दर्ता



काठमाडौं । संसद सचिवालयले प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।

शुक्रबार संसदको अधिवेशन सुरु हुनुपुर्व प्रचण्ड माधव समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो । १ सय १२ जनाको हस्ताक्षर सहित दलको नेता र्निविरोध निर्वाचित गरिएको व्यहोराको पत्र दर्ता गराईएको नेता रामनारायण विडारीले जानकारी दिए ।

पत्रमा मुख्य सचेतकमा देव गुरुङ्गलाई यथावत राखिएको र उपनेता सुवास नेम्वाङ्गलाई पनि उपनेताबाट निलम्बन गरिएको जनाइएको छ । दलको नेता परिर्वतनको सूचना दर्ता गरेपछि संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै नेता विडारीले सबै १ सय १२ जना हस्ताक्षरकर्ता सांसदहरु समेतको उपस्थितिमा दलको नेता परिर्वतन भएको सुचना दर्ता गरिएको जानकारी दिए ।

त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले महासचिव डाक्टर भरत गौतमलाई भेटी दलको नेता परिर्वतन भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : १० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान