२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौ चार्टर दिवस सम्पन्न, कोभिड १९ को महामारीमा खटिने खबरकुराकर्मी श्रेष्ठ सम्मानीत



बुटवल । लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौ चार्टर दिवस आईतबार सम्पन्न भएको छ । नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले कार्यक्रमको उद्घाटन गर्दै अरुको सहयोग गर्न संस्था जरुरी हुने बताए । केही प्राप्ति सबैको चाहना हुन्छ जसका लागि लक्ष्य बनाएर अघि बढ्नुपर्ने समेत उनको तर्क छ। सकिँदैन भने आफुका लागि मात्र गर्ने र यदि सकिन्छ भने अरुका लागि गर्न संस्थागत भएर लाग्नुपर्छ । उनले भने, संस्कार, संस्कृतिले मानिसलाइ मिलाउछ, आत्मियता वृद्धि गर्ने, मानवको भावना अनुसार एउटा मालामा जोड्ने काम लायन्स क्लबले गरेको उनले बताए ।

लायन्स डिष्ट्रिक ३२५ बि २ का डिजि एमजेएफ शम्भु नकर्मीले नाम अनुसार क्लब समाजसेवामा योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गरेर नमुना काम गरेको बताए । नकारात्मक पक्षबाट समाजमा सकारात्मक पक्षको उजगार हुने उनले दाबी गरे ।

वर्ष २०१८।२०१९ का अध्यक्ष सुस्मा केसीले स्थापनाको एक दशकको समयमा लायन्सको मुलमर्म अनुसार कार्यगर्दा बेग्लै पहिचान बनाउन आफुहरु सफल भएको बताईन। महिलाहरु घरको कामसंगै सामाजिक काममा अग्रसर हुनु धेरै कठिन र चुनौतिको विषय भएको उनले बताए ।

क्लबका अध्यक्ष तुल्सा सिह न्यौपानेले आफ्नो कार्यकालमा धेरै सचेतनाका कार्यक्रमहरु गरेको स्मरण गर्दै सामाजिक कार्यमा महिलाहरु एकताभई क्लबमार्फत सेवारत गरेर नमुना काम गरेको बताईन् ।

कार्यक्रममा लायन्स पिडिजि महेन्द्र नारायण श्रेष्ठ, अरुणप्रताप राणा, पुरुषोत्तम प्रधानाङ, एरिया ४ का चिफ सन्दिप कसौधन, ग्लोबल लिडरसिप टिमका डिष्ट्रिक चेयर उमंग देवकोटा, सुनिता बजिमय, टंक गैरे, गुरु देबेन्द्रले सुवेदी, क्लबका सेकेण्ड भिपि कमला पन्थ, सचिव सुमन पछाईले लायन्समध्य नै सिद्धबाबा क्रियाशिल र फरक पहिचान बनाउन सफल भएको भन्दै यसको गरिमा निरन्तरता दिन सुझाव दिए ।

खबरकुराकर्मी श्रेष्ठलाई लायन्स सम्मान :
कोभिड १९ को बेला निरन्तर फिल्डमा खटिएर चिकित्सा, पत्रकारिता र खेल क्षेत्रबाट योगदान दिएका ब्यक्तित्वहरुलाई क्लवले सम्मान गरेको छ । पत्रकारिता क्षेत्रबाट नेपाल पत्रकार महासंघका कोषाध्यक्ष, कान्तिपुर टिभि तथा खबरकुराका विशेष सम्बाददाता पत्रकार स्वस्तिक श्रेष्ठ, तथा कोभिड १९ संक्रमणको बेलामा चिकित्सा क्षेत्रबाट योगदान दिएका डा.सुदर्शन थापा, डा.एलिसा सिह न्यौपाने, डा.सबिता अर्याल, डा.साहिल भुषाल, डा.पुजन ज्ञवाली, डा.कल्याण रेग्मी, डा.आशिर्वाद अर्याल, डा.विशाल झा, डा.प्रतिमा भण्डारी, डा.राजेश लिम्बू, नर्स आश्मा थापा, नर्स जेनिसा राना, नर्स स्वणिर्म क्षेत्रीलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानीत चिकित्सकहरुले कोरोना अस्पतालमा दिनरात खटिएर विरामीको सेवा लाग्दाको अनुभव सुनाएका थिए। समाजसेवामा अग्रसर रक्तदान अभियन्ता कृष्ण चौहानलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । क्लवले खेल क्षेत्रमा उल्लेखनिय भूमिका निभाएको भन्दै कालिका मानवज्ञान माविका कराते खेलाडी रक्षा शाहीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : १४ बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र