१२ बैशाख २०८१, बुधबार | April 25, 2024

वीर गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता : चन्द्र र रमिसा उत्कृष्ट



काठमाडौं । बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् । चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे । शनिबार भएको पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरी र महिला ४८ केजीमा रमिसाले नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण जितेका थिए ।

महिला ५१ केजीमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई स्तब्ध बनाउँदै पहिलो स्थान हात पारिन् । ५७ केजीमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठ, ६० केजीमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरी र ६४ केजीमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण जिते ।

पुरुषको ४९ केजीमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए । ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाउँदा पुरुषकै ५६ केजीमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामा र ६० केजीमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण जिते ।

यसैगरी पुरुषको ६४ केजीमा ललितपुरका सनिल शाही पहिलो भए । उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे । पुरुषकै ७५ केजीमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपाली तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण जिते ।

प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : १५ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको