३ पुस २०८२, बिहिबार | December 19, 2025

सर्वोच्चको आदेशबारे निर्णय लिन प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतको पार्टीको नामसम्बन्धी मुद्दाको अनेपेक्षित फैसला गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ ।

सर्वोच्चको पछिल्लो फैसलाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । अदालतको फैसलापछि पार्टीबिहीन अवस्थामा रहेको नेकपाको बहुमत पक्षसम्मिलित स्थायी कमिटी बैठकले अब कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय गर्नेछ ।

अदालतको फैसलाप्रति प्रारम्भिक प्रतिक्रिया जनाउँदै प्रचण्ड-नेपाल पक्षले गम्भीर असन्तुष्टि जनाएको छ । रिट निवेदकले मागेको भन्दा बढी, कुनै सरोकार नै नभएको विषयमा अदालतले गरेको फैसला कुनै एक पक्षलाई खुशी बनाउन गरिएको राजनीतिक फैसला भएको सो पार्टीको बुझाई छ ।

सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी नामलाई खारेज गर्दै २०७५ जेठ ३ गते अघिको पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुर्याइदिएको छ । लामो समयदेखि एमाले पार्टी ब्यूँताउन प्रयास गरिरहेको प्रधानमन्त्री ओली पक्षधरले भने यो फैसलालाई दीपावली गरेर स्वागत गरेको छ ।

फैसलाका कारण एमालेको नेतृत्वमा रहेका माधवकुमार नेपाल पक्षधरहरुलाई सबैभन्दा बढी कानुनी संकटमा पुर्याएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : ४६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको