१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सर्वोच्चको आदेशबारे निर्णय लिन प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतको पार्टीको नामसम्बन्धी मुद्दाको अनेपेक्षित फैसला गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ ।

सर्वोच्चको पछिल्लो फैसलाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । अदालतको फैसलापछि पार्टीबिहीन अवस्थामा रहेको नेकपाको बहुमत पक्षसम्मिलित स्थायी कमिटी बैठकले अब कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय गर्नेछ ।

अदालतको फैसलाप्रति प्रारम्भिक प्रतिक्रिया जनाउँदै प्रचण्ड-नेपाल पक्षले गम्भीर असन्तुष्टि जनाएको छ । रिट निवेदकले मागेको भन्दा बढी, कुनै सरोकार नै नभएको विषयमा अदालतले गरेको फैसला कुनै एक पक्षलाई खुशी बनाउन गरिएको राजनीतिक फैसला भएको सो पार्टीको बुझाई छ ।

सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी नामलाई खारेज गर्दै २०७५ जेठ ३ गते अघिको पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुर्याइदिएको छ । लामो समयदेखि एमाले पार्टी ब्यूँताउन प्रयास गरिरहेको प्रधानमन्त्री ओली पक्षधरले भने यो फैसलालाई दीपावली गरेर स्वागत गरेको छ ।

फैसलाका कारण एमालेको नेतृत्वमा रहेका माधवकुमार नेपाल पक्षधरहरुलाई सबैभन्दा बढी कानुनी संकटमा पुर्याएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : ४६ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको