७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

प्रचण्डको न्यायिक पुनरावलोकन निवेदन प्रधानन्यायाधीसको बेञ्चमा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा दिएको न्यायिक पुनरावलोकन निवेदन प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा आफैले हेर्नेभएका छन् ।

गत फागनु २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा चित्त नबुझेको भन्दै प्रचण्डले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।

सो निवेदनमाथि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासबाट हेर्ने भएका छन् । प्रधानन्यायाधीस राणासहित, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ। यही इजलासले फैसला पुनरावलोकन गर्ने या नगर्ने भन्ने निर्णय दिनेछ । पुनरावलोकन गर्न आवश्यक ठाने इजलासले आजै निस्सा दिनेछ। निस्सा पाएमा मात्र यो मुद्दामा पुनः बहस हुनेछ । निस्सा नदिएमा भने यसअघिकै फैसला सदर हुनेछ।

प्रचण्डले रिट निवेदकले माग्दै नमागेको विषयमा सर्वोच्च अदालत प्रवेश गरेर संविधान र सर्वोच्चकै संवैधानिक इजलासको नजिर विपरित फैसला भएको जिकिर गरेका छन् । उनले सो फैसला अन्यायपूर्ण र राजनीतिक उद्देश्ययुक्त भएको जनाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ११ : २३ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको