२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रचण्डको न्यायिक पुनरावलोकन निवेदन प्रधानन्यायाधीसको बेञ्चमा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा दिएको न्यायिक पुनरावलोकन निवेदन प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा आफैले हेर्नेभएका छन् ।

गत फागनु २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा चित्त नबुझेको भन्दै प्रचण्डले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।

सो निवेदनमाथि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासबाट हेर्ने भएका छन् । प्रधानन्यायाधीस राणासहित, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ। यही इजलासले फैसला पुनरावलोकन गर्ने या नगर्ने भन्ने निर्णय दिनेछ । पुनरावलोकन गर्न आवश्यक ठाने इजलासले आजै निस्सा दिनेछ। निस्सा पाएमा मात्र यो मुद्दामा पुनः बहस हुनेछ । निस्सा नदिएमा भने यसअघिकै फैसला सदर हुनेछ।

प्रचण्डले रिट निवेदकले माग्दै नमागेको विषयमा सर्वोच्च अदालत प्रवेश गरेर संविधान र सर्वोच्चकै संवैधानिक इजलासको नजिर विपरित फैसला भएको जिकिर गरेका छन् । उनले सो फैसला अन्यायपूर्ण र राजनीतिक उद्देश्ययुक्त भएको जनाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ११ : २३ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला