१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सर्वोच्च अदालतले ‘राजनीतिक फैसला’ पुनरावलोकन गर्नेछ : प्रचण्ड (पुनरावलोकन निवेदनको पूर्णपाठसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खारेज गर्दै एमाले माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला सच्चिने विश्वास व्यक्त गरेका छन् ।

फैसला विरुद्ध सर्वोच्च अदालतमा आज पुनरावलोकन निवेदन दर्ता गराएपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो फैसला राजनीतिक भएको टिप्पणी गर्दै सच्चिमा विश्वस्त भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले रिट निवेदकको माग र चाहना भन्दा बाहिरबाट फैसला आएको भन्दै अदालतको फैसला अस्वभाविक र अप्राकृतिक भएको जिकिर गरे । फैसलाप्रति आफुहरुको असहमति भएका कारण पुनरावलोकन गरेको उनले बताए ।

अध्यक्ष प्रचण्डले रिट निवेदकले नै पार्टी एकता टुटोस भन्ने मनासायले रिट दर्ता नगरेको बताउँदै भने ‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहेका थिएनन्, निवेदकको निवेदकको चाहनाभन्दा बाहिरबाट फैसला आयो ।’

प्रचण्डले पुनरावलोकनबारे छिट्टै फैसला आउने विश्वास समेत व्यक्त गरेका छन् । सर्वोच्च प्रशासनले २०७७ आरभी २०८ २०७७ १२ १७ को पहिलो निवेदनको रुपमा प्रचण्डको निवेदनलाई दर्ता गरेको छ । न्यायिक पुनरावलोकन निवेदन दर्ता गराउन प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु सर्वोच्च पुगेका थिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/prachanda-sarbocha-punarabalokan.pdf”]

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ५३ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल