११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध माओवादी केन्द्रद्वारा पुनरावलोकनको तयारी



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने फैसला विरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुनविदहरुसँगको छलफल पछि माओवादी केन्द्र पुनरावलोकनमा जाने निर्णयमा पुगेको हो ।

गत फागुन २३ गते सर्वोच्चले ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गर्ने फैसला गरको थियो । फैसलामा नेकपालाई खारेज गर्दै पार्टी एकीकरणअघिको अवस्थामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउनुपर्ने लेखिएको थियो ।

सो फैसला त्रुटीपूर्ण भएको भन्दै कानुनविदहरुले रिट निवेदकले माग्दै नमागेको विषय उल्लखे गरिएको बताउँदै आश्चर्य व्यक्त गर्दै आएका थिए । सर्वोच्चबाट राजनीतिक फैसला भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत शंकासहितको आश्चर्य जनाएका थिए ।
अध्यक्ष प्रचण्डसहितका नेताहरुले कानुनविदहरुसँग छलफल गरेपछि सो फैसला विरुद्ध पुनरावलोकनमा जानु ठिक हुने निस्कर्षमा माओवादी केन्द्र पुगेको हो ।

छलफल पछि संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने ‘फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था छ सोही अनुसार हामी पुनरावलोकनमा जान्छौँ ।’

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ४४ बजे

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका