१५ असार २०८३, सोमबार | June 30, 2026

नेकपा खारेज गर्ने सर्वोच्चको फैसला विरुद्ध माओवादी केन्द्रद्वारा पुनरावलोकनको तयारी



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने फैसला विरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुनविदहरुसँगको छलफल पछि माओवादी केन्द्र पुनरावलोकनमा जाने निर्णयमा पुगेको हो ।

गत फागुन २३ गते सर्वोच्चले ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गर्ने फैसला गरको थियो । फैसलामा नेकपालाई खारेज गर्दै पार्टी एकीकरणअघिको अवस्थामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउनुपर्ने लेखिएको थियो ।

सो फैसला त्रुटीपूर्ण भएको भन्दै कानुनविदहरुले रिट निवेदकले माग्दै नमागेको विषय उल्लखे गरिएको बताउँदै आश्चर्य व्यक्त गर्दै आएका थिए । सर्वोच्चबाट राजनीतिक फैसला भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत शंकासहितको आश्चर्य जनाएका थिए ।
अध्यक्ष प्रचण्डसहितका नेताहरुले कानुनविदहरुसँग छलफल गरेपछि सो फैसला विरुद्ध पुनरावलोकनमा जानु ठिक हुने निस्कर्षमा माओवादी केन्द्र पुगेको हो ।

छलफल पछि संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने ‘फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था छ सोही अनुसार हामी पुनरावलोकनमा जान्छौँ ।’

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ४४ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै