११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक



काठमाडौं । प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सर्वोच्च अदालतले पार्टीको भविष्यबारे गरेको अनेपेक्षित फैसलापछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भैरहेको छ ।

स्थायी कमिटी बैठकअघि माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुबीच नयाँवानेश्वरस्थित अर्याल होटलमा छलफल भएको थियो । सो छलफलमा विभिन्न विकल्पमाथि सदस्यहरुले धारणा राखेको बुझिएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्ववत पार्टी एमाले र माओवादी केन्द्र ब्युँताउने राजनीति प्रकृतिको फैसला गरेपछि सबैभन्दा अप्ठेरो नेपाल पक्षलाई परेको छ । ओली पक्षले नेकपा एमाले ब्यूँत्याउँने काम सुरु गरिसकेको छ भने प्रचण्ड पक्षले सर्वोच्चको आदेशअनुसार माओवादी केन्द्र प्राप्त गर्नेछ । यद्यपी, माओवादी केन्द्र अहिले गोपाल किराँतीको नाममा रहेको छ ।

ओली प्रवृति विरुद्ध लड्न एकजुट भएका नेकपाको केन्द्रीय कमिटी र संसदीय दलमा बहुतमा रहेका प्रचण्ड–नेपाल पक्षधर नेता र सांसदहरुमध्ये अब फेरि माओवादी केन्द्र र एमालेमै फर्किनुपर्ने बाध्यता आइलागेको छ । माधव पक्ष अनिच्छापूर्वक एमालेमा ओलीको नेतृत्व मानेर बस्नुपर्ने अवस्था आइलागेपछि के गर्ने भन्ने बारेमा छलफल गर्न सो समुहको अनौपचारिक बैठक बसेको हो ।

अझै पनि सर्वोच्चको फैसला पुनरावलोकनको अवस्था बाँकी नै रहेकाले सबै विकल्पहरुमा छलफल भएको छ । पुनरावलोकनमा जान सक्ने नसक्नेबारे प्रचण्ड नेपाल पक्षले आइतबार साँझ कानुनविदहरुसँग पनि छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठकमा सबै कोणमा छलफल भै निर्णयमा पुगिने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ०७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान