२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक



काठमाडौं । प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सर्वोच्च अदालतले पार्टीको भविष्यबारे गरेको अनेपेक्षित फैसलापछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भैरहेको छ ।

स्थायी कमिटी बैठकअघि माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुबीच नयाँवानेश्वरस्थित अर्याल होटलमा छलफल भएको थियो । सो छलफलमा विभिन्न विकल्पमाथि सदस्यहरुले धारणा राखेको बुझिएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्ववत पार्टी एमाले र माओवादी केन्द्र ब्युँताउने राजनीति प्रकृतिको फैसला गरेपछि सबैभन्दा अप्ठेरो नेपाल पक्षलाई परेको छ । ओली पक्षले नेकपा एमाले ब्यूँत्याउँने काम सुरु गरिसकेको छ भने प्रचण्ड पक्षले सर्वोच्चको आदेशअनुसार माओवादी केन्द्र प्राप्त गर्नेछ । यद्यपी, माओवादी केन्द्र अहिले गोपाल किराँतीको नाममा रहेको छ ।

ओली प्रवृति विरुद्ध लड्न एकजुट भएका नेकपाको केन्द्रीय कमिटी र संसदीय दलमा बहुतमा रहेका प्रचण्ड–नेपाल पक्षधर नेता र सांसदहरुमध्ये अब फेरि माओवादी केन्द्र र एमालेमै फर्किनुपर्ने बाध्यता आइलागेको छ । माधव पक्ष अनिच्छापूर्वक एमालेमा ओलीको नेतृत्व मानेर बस्नुपर्ने अवस्था आइलागेपछि के गर्ने भन्ने बारेमा छलफल गर्न सो समुहको अनौपचारिक बैठक बसेको हो ।

अझै पनि सर्वोच्चको फैसला पुनरावलोकनको अवस्था बाँकी नै रहेकाले सबै विकल्पहरुमा छलफल भएको छ । पुनरावलोकनमा जान सक्ने नसक्नेबारे प्रचण्ड नेपाल पक्षले आइतबार साँझ कानुनविदहरुसँग पनि छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठकमा सबै कोणमा छलफल भै निर्णयमा पुगिने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ०७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री