१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलमा थपिँदै सुबिधा सम्पन्न होटल ‘होटल द फ्यामिंगो’



बुटवल । अन्तरराष्ट्रिय विमान स्थल र लुम्बिनीको पर्यटकलाई मध्यनजर राख्दै धमाधम होटल खुलिरहेको रुपन्देहीमा हस्पिटालिटी क्षेत्रमा उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित एउटा नयाँ सुबिधा सम्पन्न होटल थपिने भएको छ । चैत्रको पहलो हप्ता सम्मा लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा ‘होटल दा फ्यामिंगो’ संचालनमा आउने भएको हो ।

हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय र उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापित भएको होटलले यही फागुन २७ गते शिवरात्रीको दिनबाट सफ्ट ओपनिङ हुने जानकारी दिएको छ ।

हस्पिटालिटी क्षेत्रमा नयाँ सुबिधा प्रदान गर्ने गरि होटलको उच्च व्यवस्थापन टिम तयार गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

बिशेष सेवा र सुबिधा सहित सञ्चालनको तयारीमा रहेको ‘होटल दा फ्यामिंगो’ युवा व्यवसायी दिलीप गौचनले होटल सञ्चालनमा ल्याएका हुन् । उनले हस्पिटालिटी क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुलाई नियुक्त गरिसकेको जनाएका छन् ।

‘लामो समयको प्रतिक्षापछि बुटवल क्षेत्रकै उत्कृष्ट होटल हामीले सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उनले भने, ‘यो होटल आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’

बुटवल क्षेत्रमा स्तरीय कार्यक्रम गर्न, पार्टी तथा सेमिनार आयोजना गर्नका लागि पनि होटल उचित गन्तव्य बन्ने उनको विश्वास छ । बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सफ्ट ओपनिङका लागि सम्पूर्ण तयारी पुरा भएको महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिए ।

संचालक गौचनका अनुसार होटलमा ४ सय जना क्षमताको एउटा बेङ्कट हल रहेको छ भने २ वटा कन्फ्रेन्स हल छन् । एक कन्फरेन्स हल सय जना क्षमताको र अर्को ३० जना क्षमताको रहेको छ । त्यसैगरी होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम, प्रशस्त पार्किङ क्षेत्र, मनोरम बुटवलको दृश्य अवलोकन गर्ने स्थान लगायतका सेवा तथा विशेषता रहेका छन । होटलमा करिब २० करोड लगानी रहेको सञ्चालक दिलिप गौचनले बताए ।

होटलमा रहेको लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफे टोरियो फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जना क्षमता रहनेछ ।

होटलले सेवा र व्यवसायसँगै समय सापेक्ष सामाजिक क्षेत्रमा पनि योग्दान पुर्याउने जनाएको छ । होटल सञ्चालनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको र होटलका परिकारहरु आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खुवाई सकेको महाप्रबन्धक काशीराम अधिकारीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : २५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर