१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रूरू मिलन केन्द्रको साधारणसभा तथा बनभोज सम्पन्न



बुटवल । रूरू मिलन केन्द्र नेपाल बुटवलको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

रुरु मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तिलकराम आचार्यले केन्द्रले सकारात्मक काम गरिरहेको बताए ।

उनले समाजले रुरु र रुपन्देहीलाइ जोड्ने काम गर्नुपर्ने बताए । कार्यक्रममा अध्यक्ष सुबेदीको बार्षिक प्रतिबेदन, सचिव अनुपमा श्रेष्ठको प्रतिबेदन र कोषाध्यक्ष कुसुम पौडेलको आर्थिक प्रतिबेदन पारित गरिएको छ ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार ऋषिराम भण्डारी, संस्थापक अध्यक्ष राधा ज्ञवाली, प्रेस सल्लाहकार कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

साथै फुलबारीमा भएको कार्यक्रममा बनभोज समेत गरिएको कार्यक्रम संयाेजक कल्पना जोशीले बताइन । केन्द्रले कोरोनाका बेला क्वारेन्टाईनमा रहेकालाई आयुर्वेदिक औषधी वितरण, बाढी तथा पहिरो पिडित मानिसलाई खाद्यान्न तथा आर्थिक सहयोग, रक्तदान, मास्क वितरण, क्यालेन्डर बिमोचन लगायतका सामाजिक कार्य गरिरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : २९ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको