२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

कलकत्ताको एक मल्टी स्टोर भवनमा भीषण आगलागी, ९ जनाको मृत्यु



एजेन्सी । पश्चिम बंगालको राजधानी कलकत्तामा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीमा परी ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन । मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएको र त्यहाँ धुँवाले निस्सासिएको बुझिएको छ । भवनको बाह्रौं तलामा आगलागी भएको थियो । उक्त भवनमा इस्ट्रन रेलवेजको टिकट रिजर्भेसन, सञ्चार र सिंग्नलिङको कार्यालय थियो । आगलागीको कारण अझै थाहा नभइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : २३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री