२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

राष्ट्रिय दलित पत्रकार संघ नेपालको ऐतिहासिक महाधिवेशन, ४ पुरस्कारसंगै लेखनवृत्ति वितरण हुँदै



बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल फागुन २८,२९ र चैत १ गते हुने प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।

बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि आवश्यक तयारी पूरा भएको दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले बताए । पत्रकारितालाई पेशा, ब्यावसाय मान्न तयार नभएको दलित समुदायहरु पछिल्लो एक दशकमा निक्कै आकर्षक पेशा बन्न सकेको उनले दाबी गरे ।

महाधिवेशनमा देशभरबाट ४ सय बढि पत्रकारहरु सहभागिता हुने उनले बताए। कार्यक्रमको नेकपा नेता तथा पुर्व प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डबाट उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । यसैगरि विभिन्न राजनितिक दलहरुका नेताहरु उद्घाटन सत्रमा उपस्थित हुने उनले बताए ।महाधिवेशनमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ वटा पुरस्कार वितरण गरिने उनले बताए ।

टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार(डिबि परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने उनले बताए ।

यसैगरि दलित समदायका संचारकर्मीहरुका लागि लेखनवृत्ति समेत प्रदान गरिने उनले बताए । यसैगरि महाधिवेशनका अवसरमा आमसंचार र समावेशिताको सवाल, मिडियामा महिला, दलित महिला, दलित आन्दोलन युवा र आम संचार विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी हुने उनले बताए ।

जातिय समानताका लागि समता भोज आयोजना गरिने उनले बताए । दलित समुदायका युवाहरुको सामाजिकसंगै आर्थिक समृद्धिलाई जोड्ने अभियानका रुपमा रहेको उनले बताए । सबै राजनितिक आस्थाका दलित समुदायका पत्रकारहरुको साझा संस्था भएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष बिनोद परियार, केन्द्रिय उपाध्यक्ष गोपाल बराईली, महाधिवेशन संयोजक रिता बुढाथोकी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिक्रम खड्का, जिल्ला उपाध्यक्ष दिनेश पाण्डेले संघ अन्तरगत देशभर ६५ जिल्ला शाखा, सात प्रदेश र काठमाडौं उपत्यका समितिहरु क्रियाशिल छन। संघमा देशभरका झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध छन ।

दलित समुदायको भौतिक र नितिगत सहभागिताका लागि जोड दिने रुपमा संघ स्थापना भएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : २४ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि