११ भदौ २०८३, बिहिबार | August 27, 2026

गर्मीमा स्वस्थ रहन यस्ता खानेकुरा खानुहोस



एजेन्सी । गर्मी लाग्न थालेको छ र अब तपाईंले खानपानमा केही परिवर्तन गर्नुपर्ने भएको छ । गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ र अलिकति लापरवाहीले पनि बिरामी बनाइदिन्छ । यहाँ हामी के कुरा खाने भनी सल्लाह दिँदैछौं ।

गोलभेंडा

गोलभेंडामा एन्टीअक्सिडेन्ट र भिटामिन सी भरपूर पाइन्छ । यसमा लाइकोपीन जस्ता फाइटोकेमिकल पनि हुन्छ जसले क्यान्सर जस्ता रोग लाग्न दिँदैन ।

रामतोरिया

गर्मीमा रामतोरिया अवश्य खानुस् । यसमा भएको फाइबरले मुट्लाई स्वस्थ राख्छ । कोलेस्ट्रोल पनि यसले घटाउँछ ।

दही

प्रोटीनले भरपूर दही गर्मीमा तपाईंलाई ठन्डा राख्छ । यो खाएपछि धेरै बेरसम्म भोक लाग्दैन । यसको प्रोबायोटिक्सले पाचनतन्त्रलाई सही राख्छ ।

खरबुजा

खरबुजाले शरीरलाई ठन्डा राख्न र डिहाइड्रेसन हटाउन मद्दत गर्छ । खरबुजामा पानी व्यापक मात्रामा हुन्छ र छिटो भोक लाग्न पनि दिँदैन । यसको लाइकोपीनले छालालाई घामबाट हुने क्षतिबाट पनि जोगाउँछ ।

ब्ल्याकबेरी र र्‍यास्पबेरी

बेरीहरू फाइबरको राम्रो स्रोत हुन् । यिनमा भिटामिन सी भरपूर हुन्छ । एक कप बेरीमा आठ ग्राम फाइबर हुन्छ ।

स्याउ र नास्पाती

यी दुवै फलमा फाइबर भरपूर हुन्छ । यसलाई नताछिकन बोक्रैसमेत खाँदा बढी पोषक तत्त्व पाइन्छ । खानुअघि यिनलाई मज्जाले धुनुस् ।

ग्रीन टी

गर्मीमा ग्रीन टीले तरोताजा राख्न मद्दत गर्छ । यसले क्यान्सरसँग लड्न, मुटुरोगको जोखिम घटाउन, कोलेस्ट्रोल घटाउन र मेटाबोलिजमलाई सही राख्न मद्दत गर्छ । तातो नसके चिसो भए पनि ग्रीन टी पिउनुस् ।

ड्राई फ्रुट्स

गर्मीको मौसममा बदाम, काजु र छोकडामा मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट हुन्छ । यसले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ०३ बजे

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०