१९ बैशाख २०८१, बुधबार | May 2, 2024

गर्मीमा स्वस्थ रहन यस्ता खानेकुरा खानुहोस



एजेन्सी । गर्मी लाग्न थालेको छ र अब तपाईंले खानपानमा केही परिवर्तन गर्नुपर्ने भएको छ । गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ र अलिकति लापरवाहीले पनि बिरामी बनाइदिन्छ । यहाँ हामी के कुरा खाने भनी सल्लाह दिँदैछौं ।

गोलभेंडा

गोलभेंडामा एन्टीअक्सिडेन्ट र भिटामिन सी भरपूर पाइन्छ । यसमा लाइकोपीन जस्ता फाइटोकेमिकल पनि हुन्छ जसले क्यान्सर जस्ता रोग लाग्न दिँदैन ।

रामतोरिया

गर्मीमा रामतोरिया अवश्य खानुस् । यसमा भएको फाइबरले मुट्लाई स्वस्थ राख्छ । कोलेस्ट्रोल पनि यसले घटाउँछ ।

दही

प्रोटीनले भरपूर दही गर्मीमा तपाईंलाई ठन्डा राख्छ । यो खाएपछि धेरै बेरसम्म भोक लाग्दैन । यसको प्रोबायोटिक्सले पाचनतन्त्रलाई सही राख्छ ।

खरबुजा

खरबुजाले शरीरलाई ठन्डा राख्न र डिहाइड्रेसन हटाउन मद्दत गर्छ । खरबुजामा पानी व्यापक मात्रामा हुन्छ र छिटो भोक लाग्न पनि दिँदैन । यसको लाइकोपीनले छालालाई घामबाट हुने क्षतिबाट पनि जोगाउँछ ।

ब्ल्याकबेरी र र्‍यास्पबेरी

बेरीहरू फाइबरको राम्रो स्रोत हुन् । यिनमा भिटामिन सी भरपूर हुन्छ । एक कप बेरीमा आठ ग्राम फाइबर हुन्छ ।

स्याउ र नास्पाती

यी दुवै फलमा फाइबर भरपूर हुन्छ । यसलाई नताछिकन बोक्रैसमेत खाँदा बढी पोषक तत्त्व पाइन्छ । खानुअघि यिनलाई मज्जाले धुनुस् ।

ग्रीन टी

गर्मीमा ग्रीन टीले तरोताजा राख्न मद्दत गर्छ । यसले क्यान्सरसँग लड्न, मुटुरोगको जोखिम घटाउन, कोलेस्ट्रोल घटाउन र मेटाबोलिजमलाई सही राख्न मद्दत गर्छ । तातो नसके चिसो भए पनि ग्रीन टी पिउनुस् ।

ड्राई फ्रुट्स

गर्मीको मौसममा बदाम, काजु र छोकडामा मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट हुन्छ । यसले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ०३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी