२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

जनजाति अपाङ्ग महिला संघको कार्यशाला गोष्ठि



बुटवल । आदिवासी जनजाति अपांग महिला संघ नेपालले १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा लुम्बिनी प्रदेश दुई दिने कार्याशाला गोष्ठी गरेको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला संघ, लुम्बिनी प्रदेश र अपांगता महिला संघ, रुपन्देहीको संयुक्त समन्वयमा म्हिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धि सिड र सिडको निर्कष सुझाव र कार्यन्वयको अवस्था सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला दाङ, प्युठान, रोल्पा, कपिलवस्तु, भैरहवा र बुटवलका आदिवासी जनजाति, अपांगता भएका र आदिवासी जनजाति अपांगता भएका महिलाहरुको सहभागी रहेको थियो ।

कार्यक्रमको पहिलो दिनको प्रथम सत्रमा आदिवासी जनजाति महिला र अंपागता भएका महिलाहरुले भाग्दै आएको भाषिक सामाजिक आर्थिक, सामुहि अधिकार साथै विभिन्न तहमा हुने गरेको सहभागीताको चुनौती वारे छलफल गरीएको थियो ।

राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले महिला अधिकार, महिला अधिकारको बुझाई र अन्तराष्ट्रिय निति नियमलाई जोड्दै सिडको परीभाषा र यसको प्रक्रिया बारे प्रष्ट पार्दै स्थानिय स्थरमा यसको कार्यन्वयनको स्थिती वारे प्रष्ट पारेकी थिईन ।

भेलाले ११ सदस्य सहितको लुम्बिनी प्रदेश स्तरीय राष्ट्रिय आदिवासी जनजाति अपांग महिला समिती गठन गरेको छ । भेलाको समापनलाई बुटवल उपमहानगरपालिका उपमेयर गोमा आचार्य, बुटवल उपमहानगरपालिका महिला तथा सामाजिक शाखाका अधिकृत तुलसा अर्याल र सामाजिक शाखा अधिकृत रामप्रसाद आर्याल, आदिवासी जनजाति महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष दिपक गुरुङ्ग, राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्मा, र राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सदस्य जुमान सिंह, राष्ट्रिय आदिवासी जनजाति महिला संघ, लुम्बिनी प्रदेश का फोकल पर्सन हरीकला मगर, अपांगता महिला संघ, रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चित्रा रानामगर लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ४८ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि