२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

किशोरी स्वस्थ रहन शुरक्षित प्याड आवश्यक



बुटवल । किशोरीहरु तथा महिलाहरु स्वस्थ हुनको लागि महिनावारीको समयमा प्रयोग गरिने प्याड शुरक्षित हुनुपर्नेमा जोड दिईएको छ ।

बुटवलमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले महिनावारीको समयमा प्रयोग गरिने कपडा तथा अशुरक्षित प्याडको कारणले समस्याहरु सिर्जना भईरहेको बताउँदै यो अवस्थाको अन्त्यको आवश्यकता औल्याईएको हो ।

बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा एव रोज फाउन्डेसनको सहकार्यमा किशोरी स्वास्थ्य परियोजना अन्तरगत प्राध्यापकको भुमिका सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा निशुल्क भेन्डिङ मेसिन बितरण कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए ।

बुटवल उपमहानगरपालिका भित्रका सामुदायीक बिद्यालयहरुका प्रध्यानाध्यापकहरुको सहभागितमा भएको अन्तरक्रियामा रोज फाउण्डेसनले शुरक्षित प्याडको लागि कामहरु गरिरहेको जनाईएको थियो ।

फाउण्डेसनले बुटवल उपमहानगरपालिका भित्रका बिद्यालयहरुमा भेन्डिङ मेसिन जडान गरी शुरक्षित प्याड बितरणका लागि काम गरिरहेको फाउण्डेसनका अध्यक्ष माधब भण्डारीले जानकारी दिए । फाउन्डेसन अध्यक्ष एव रोज बहिनी सिर्जन्सिल महिला समाजको सरक्षक समेत रहेका भण्डारीले देशभर यो अभियान सञ्चालन भईरहेको बताए ।

उनले हाल सम ३५ जिल्लाका ६० पालिकामा काम भईरहेको बताउँदै सहकार्यका लागि बुटवल आएको बताए । उनले हाल सम्म ४ हजार बिद्यालयहरुका १० लाख बढि किशोरीहरुलाई प्रत्यक्ष फाईदा पुग्नेगरी काम भईरहेको उनको भनाई छ । उनले प्रशिक्षण दिँदै बिद्यालयमा सेनेटरी प्याडको लागि प्रयोग गरिने भेन्डिङ मेसिनको उपयोगिता र फाईदाको बारेमा बताएका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुश शिवराज सुबेदीले बुटवल अन्य क्षेत्रको तुलनामा सशक्त रहेको बताउँदै यो कार्यक्रमले बुटवलको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सबै छोरीचेली आफ्नै रहेको बताउँदै उनले सबैको दायीत्व राज्यले बहन गर्नुपर्ने बताए ।

उनले बुटवलका सबै सामुदायिक बिद्यालयहरुबाट यो अभियान सञ्चालन गर्ने बताउँदै संस्थागत बिद्यालयहरुमा समेत सञ्चालनको पहल गर्ने बताए ।उनले नगरको बिकासको लागि कामगरिरहेको बताउँदै काम भए नभएको समय समयमा नियमन भईरहेको बताए । उनले किशोरी एवं महिलाको स्वास्थमा ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेबी आचार्यले महिलाको क्षेत्रमा उपमहानगरले धेरै कामहरु गररहेको बताउँदै यो पनि महिला संग सम्बधीत कार्यक्रम रहेको बताईन् । उनले यो कार्यक्रम सफल पार्नको लागि सबै बिद्यालयका प्रअहरुले ध्यान दिन आग्रह समेत गरेकी थिईन् । उनले प्रभावकारी बनाउनको लागि काम गर्नुपर्ने बताईन् ।

कार्यक्रममा फाउण्डेसनले उपमहानगरका ३ वटा बिद्यालयलाई ३ वटा भेन्डिङ मेसीन समेत हस्तान्तरण गरेको छ । नवरन्त मावि , नहरपुर माबि र ज्ञानोदय मावीलाई १-१ वटा मेसिन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा रोज फाउण्डेसन रुपन्देही अध्यक्ष राधा भट्टराईको स्वागतमा भएको कार्यक्रमको सञ्चालन संस्थाकी प्रेस सल्लाहकार पूजा पन्थीले गरेकी थिईन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ३५ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो