२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बाघको आक्रमणबाट थप एक महिलाको मृत्यु



बर्दिया । बर्दियामा बाघको आक्रमणमा परि मधुवननगरपालिका –३ कि २९ बर्षिया रेनुका सुनार मृत्यु भएको छ । उनलाई जंगलमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको हो ।

साथीहरुसँग जंगलमा घाँस काट्न गएकी सुनारलाई बाघ आक्रमण गरेको थियो । बाघको आक्रमणबाटको खबर पाउनसाथ उद्धारमा खटिएको प्रहरी टोलीले नेपालभारतको सिमा क्षेत्रमा उनको शव फेला पारेको छ ।

सुनारलाई नेपाल भारत सिमा क्षेत्रको ८४ र ८५ नम्बर पिलरको विचबाट बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले महिलाको शव घाँटी र छातीको मासु खाईसकेको अवस्थामा फेला परेको बताए । उनले शवको पोष्टमार्टका लागि जिल्ला अस्पताल बर्दियामा लगिएको बताए ।

सुनार सँगै घाँस काट्न गएका पाँच जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् । जंगलबाट फर्केपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

पछिल्लो समय बर्दियामा पाटेबाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । बर्दिया जिल्लामा यस अघि फागुन १७ गते गेरुवागाउँपालिकामा भैसी चराउनगएका ६५ बर्षिय एक पुरुष बाघको आक्रमणबाट ज्यान गएको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ४६ बजे

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा

फ्राइडे रिलिज आजबाट ‘मनसरा’ प्रदर्शन

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा