१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

महाशिवरात्रि : पाल्पाको सिद्धबाबा र नेपालगन्जको जुङ्गे महादेव मन्दिरमा दर्शनार्थीको घुईंचो



बुटवल । आज हिन्दु धर्मालम्बीहरुको पर्वहरु मध्यको महत्वपूर्ण पर्व महाशिवरात्रि पर्व । शिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । काठमाडौंको पशुपतिनाथ सहितका देशभरका शिवालयहरु र शक्तिपिठहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।

हिन्दु धर्ममा व्रतमध्येको सर्वोत्तम मानिएको महाशिवरात्रिका दिन भक्तजनले व्रत बस्ने, शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । शिवरात्रीका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास विश्वास रहँदै आएको छ ।

आजको दिन प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

यता लुम्बिनी प्रदेशको बाँकेको बागेश्वरी तथा रूपन्देही र पाल्पाको सिद्धबाबामा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न आउने भक्तजनहरुको उपस्थिती बढी रहेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । गुरुङका अनुसार पाल्पा स्थित तिनाउ गाँउपालिकाको पुरानो सिद्धबाबामा शिवरात्रीका दिन मात्र करिव ४० हजार भक्तजनहरुले पुजा अर्चना गर्ने गर्दछन् । यसवर्ष बिहानै देखि भिड लागेकाले अघिल्लो वर्षको तुलनामा बढी भक्तहरु आउन सक्ने गुरुङले अनुमान गरे ।

उता बाँकेको नेपालगन्जमा रहेको जुङ्गे महादेवको दर्शन गर्न आउनेहरुले बागेश्वरी मन्दिर आसपासका क्षेत्रको ट्राफिक अस्तब्यस्त बनाईदिएको छ । संसरमै दुर्लभ भगवान शिवको नटराज स्वरुप जुङ्गे महादेवको मुर्ती नेपालगन्जमा मात्र रहेको बताईन्छ ।

महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको शिवधामहरूमा मन्दिरमा घुइँचो लाग्दछ ।

आजका दिन भाङ, धतुरो राखेर प्रसाद खाने चलन पनि रहेको छ । यद्देपी भाङ, धतुरो र गाँजा शिवको प्रसादकारुपमा खानु भनेर कुनै धर्मग्रन्थमा नलेखिएको शिवभक्तहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ८ : १० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम