१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सचिवालय र स्थायी कमिटीलाई अवमुल्यन गर्दै ओलीले बोलाए सिधै केन्द्रीय कमिटी बैठक



काठमाडाै‌ । सचिवालय र स्थायी समितिमा अल्पमतमा पर्ने संकेत देखेपछि अदालतबाट ब्युँताईएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिधै केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । ओलीले चैत्र १ गतेका लागि एमाले कन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

ओलीकै अगुवाईमा ३ वर्ष पहिले नेकपा एमालेलाई विघटन गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्रसँग एकता गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले खारेज गरेपछि साबिककै एमाले ब्युँतिएको थियो । ओलीकै नेतृत्वमा बनेको नेकपाका सबै पार्टी कमिटीहरुमा ओली आफै अल्पमतमा परेपछि उनले प्रतिनिधिसभा विघटनको बाटो रोजेका थिए । सर्वोच्चले ओलीले नै विघटन गरेको एमाले ब्युँताईदिएपछि नेकपामा प्रचण्ड पक्षमा रहेका पूर्व एमालेहरु ब्युँतिएको एमालेमै फर्कने निर्णय गरेका थिए ।

सामान्यतया केन्द्रीय कमिटीका एजेण्डाहरु पदाधिकारी वा स्थायी कमिटीबाट तय गरिने प्रचलन रहेपनि साबिक एमालेको पदाधिकारी र स्थायी कमिटीमा केपी ओली पक्ष अल्पमतमा रहेको देखिएपछि ओलीले सिधै केन्द्रीय कमिटी बैठक बोलाएको माधव पक्षका एक नेताले खबरकुरालाई बताए ।

उता एमालेका उपमहासचिव घनश्याम भुसालले आफुले पनि केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुनेको तर आफुलाई खबर नआएको बताएका छन् । खबरकुरासँग कुरा गर्दै उनले बैठक अघि सचिवालयबाट एजेण्डा तय हुने वैधानिक व्यवस्था भएपनि सचिवालयमा बैठकको सम्बन्धमा छलफल नभएको उनले जानकारी दिए । ‘बैठक अघि सचिवालयबाट एजेण्डा बनाउने वैधानिक व्यवस्था हो, उहाँहरुले किन त्यस्तो गर्नु भएन, मलाई थाहा छैन ।’ भुसालले भने ।

नेकपा एमालेको साबिक संगठनमा सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरोमा माधव पक्षको बहुमत छ भने केन्द्रीय कमिटी र संसदीयदलमा ओलीको बहुमत रहेको छ ।

बैठक चैत १ गते आइतबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने गरि तयारी गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

सर्वोच्चको फैसलाले एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा पुर्‍याएको थियो । जसअन्तर्गत एमालेको केन्द्रीय कमिटीमा २४१ सदस्य छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ३६ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो