२६ बैशाख २०८१, बुधबार | May 9, 2024

काँग्रेसबाट सत्ताको साँचो खोसेको जसपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विघटन गर्दै आश्चर्यजनक ढंगले पूर्व समुहहरु ब्यूँताइदिएपछि सत्ताको अंकगणितीय समिकरण पनि आश्चर्यजनक ढंगले परिवर्तन भएको छ ।

साविकको नेकपामा रहेको विभाजन यथास्थितिमा रहँदा बहुमतमा रहेको भनिएको प्रचण्डमाधव पक्षसँग प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको समिकरण स्वभाविक देखिन्थ्यो । काँग्रेसले ओली पक्षीय नेकपा या प्रचण्ड नेपाल पक्षीय नेकपासँग सत्ता साझेदारी गर्दा प्रमुख हैसियत कायम गर्दथ्यो । तर, यो एक हप्ताको बीचमा संसद भित्र अंकगणितीय समिकरणमा व्यापक फेरबदल भैसकेको छ । अब सत्ताको साँचो नेपाली काँग्रेसबाट फुत्किसकेको छ र, निर्णायक शक्ति बनेको छ, जनता समजवादी पार्टी (जसपा) ।

अदालतले साविक नेकपाका दुई हाँगा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई छुट्याउन जबरजस्त बाध्य बनायो । अदालतको त्यो राजनीतिक उद्देश्ययुक्त फैसलाले राजनीतिभित्र अदालतको हस्तक्षेपकारी ‘इन्ट्री’ त भयो नै, हालको संसदीय समिकरणलाई पनि उलटफेर बनाइदियो । जसका कारण, संख्याको हिसाबले संसदभित्र चौंथो शक्ति भएपनि जसपा शक्तिशाली बन्न पुग्यो ।

आफ्नो यही शक्तिको आभाष पाउने वित्तिकै जसपामा नयाँ उर्जा थपिएको छ । जसपा विना नत एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुम्नै लागेको सत्ता जोगाउने हैसियत राख्छन् नत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई हटाउने अभियान सफल बनाउन पाउँछन् । जसपा अहिले यही मौकामा चौका हान्ने प्रयासको रफ्तारमा छ ।

हुन त जसपाको निर्माणको मुख्य श्रेय पनि प्रधानमन्त्री ओलीलाई नै जान्छ । गत बैशाखमा पार्टीभित्र आफुविरुद्ध प्रचण्ड नेपालहरुको मोर्चाबन्दी सुरु भैसकेको भेऊ पाएका ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर जसपाको एक घटक तत्कालिन समाजवादी पार्टी तोडफोड गर्न प्रयास गरे । यो प्रयास विरुद्ध नेकपामा संगठित रुपमा ओली विरुद्ध गतिविधि सुरु भयो भने समाजवादी पार्टी र जनता समाजवादी पार्टी ओली विरुद्ध एक भए । पार्टी नै एकीकरण घोषणा गरे र निर्वाचन आयोगबाट मान्यता पाए । प्रधानमन्त्री ओलीको दल विभाजनसम्बन्धी अध्यादेश त बीचैमा तुहियो तर, पार्टी तोडफोडका अदृश्य श्रृंखलाहरु भने भिन्न रुपमा शक्तिकेन्द्रहरुबाट जारी रहे । यसको पहिलो शिकार शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी नै भयो । र, अबको पालो अन्य दलहरुमा पनि नहोला भन्न सकिने अवस्था रहेन ।

अहिले सत्ताको प्रमुख खेलाडी बनेको जसपालाई फकाउन प्रधानमन्त्री ओलीले इतिहासमा कहिल्यै नगरेको काम र वाचा गर्न पनि पछि नहट्ने देखिएका छन् । मधेश आन्दोलनलाई अरुले भन्दा फरक ढंगले व्याख्या गर्दै चरम राष्ट्रवादी बनेका ओलीले अहिले जसपाका सबै माग पुरा गर्न तयार भएका छन् । मधेश आन्दोलन र थरुहट आन्दोलनका क्रममा क्रममा पक्राउ परेर जेल जीवन बिताइरहेका रेशम चौधरी लगायत सबैलाई रिहा गर्न र जसपाले चाहे अनुसारको संविधान संशोधनको माग पुरा गर्न समेत तयार देखिएका छन् ।

जसपाका लागि पनि यो सबैभन्दा उपयुक्त अवसर हो । त्यसैले जसपाका पूर्व राजपा निकट नेताहरु प्रधानमन्त्री ओलीसँग बढी नै आशावादी बनेका छन् । त्यसैले अध्यक्ष महन्थ ठाकुरले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत थाहै नदिइ ओलीसँग वार्ता गर्न दुई नेता खटाए । त्यसको पार्टीभित्रैबाट विरोध भएपछि सबैपक्षसँग वार्ताका लागि ५ सदस्यीय कार्यदल नै बनाए ।

जसपा नेताहरु बिहीबार साँझ प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओली पक्षधर
र जसपाका राजपा पक्षधर नेताहरुले छलफल सकारात्मक भएको बताएका छन् भने पूर्वसमाजवादी पार्टी पक्षधर नेताहरुले भने ओलीसँगबाट कुनै उपलब्धी हासिल नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई आफ्नो सत्ता टिकाउनका लागि आवश्यक १८ भोट जसपाबाटै प्राप्तहुने ठूलो भरोसा छ । ओली सकेसम्म जसपाको हाल कायम ३२ मत नै प्राप्त गर्ने अपेक्षामा छन् । त्यो सम्भव नभएपनि कम्तिमा १८ २० मत त जसपाबाटै पाउने अपेक्षामा छन्, यसका लागि जसपाको विभाजनको अवस्था नै किन नआओस । अर्थात, जसपा फुटे पनि ओलीले आफु सुरक्षित हुने भोट पाउन सक्ने आंकलन गरेका छन् । त्यसैले जसपाका सबै मागप्रति सकारात्मक देखिएका छन् । जसपाको कार्यदल र एमालेको कार्यदलबीच शुक्रबार पनि छलफल हुँदैछ ।

तर, जसपाभित्र प्रधानमन्त्री ओलीलाई साथ दिन नहुने मत पनि उत्तिकै बलशाली छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा सबैभन्दा पहिला विरोध गर्ने र सडक संघर्षमा उत्रिने पार्टी जसपा नै बनेको थियो । ओलीको आश्वासन पाएकै आधारमा सरकारलाई समर्थन दिए पनि अपमानजनक ढंगले पूर्व समाजवादी पार्टी सत्ताबाट बाहिरिन बाध्य भएको थियो । पूर्व राजपाले पनि ओलीलाई दिएको समर्थन फिर्ता गरेको थियो । त्यसैले ओलीलाई विश्वास गर्न हुँदैन, ओलीको प्रतिगमन विरुद्ध आन्दोलनमा रहेका दलहरुबीच सहकार्य हुनुपर्छ भन्ने मत रहेको छ । उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईहरुले ओलीलाई साथ दिनै नहुने बताइरहेका छन् । तर, महन्थ ठाकुर र राजेन्द्र महतोहरुले आफ्ना माग पुरा गराउने उपयुक्त अवसर यो भन्दा पछि कहिल्यै नआउने ठहर गर्दै सत्ता बार्गेनिङमा छन् । ओलीले आफ्नो माग पुरा गर्ने अवस्था नदेखे मात्र जसपाका नेताहरु प्रचण्डसँग छलफलमा बस्नेछन् ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच गत बैशाख १० गते पार्टी एकीकरण भएको थियो । तर संदीय दलको एकीकरण भएको थिएन । जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । पार्टी एक भएपनि हालसम्म संसदीय दल एक नभएको जसपाले संसदीय दलको समेत एकीकरणको औपचारिकता पुरा गर्दैछ । दलको विधान पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने एजेण्डासहित बस्न लागेको बैठकले गर्ने निर्णयले समेत संसदभित्रको अंकगणितीय समिकरणलाई प्रभाव पार्नेछ । संसदमा चौंथो ठूलो दल रहेको जसपाका ३४ सांसदमध्ये हाल ३२ जना सांसद रहेका छन् । दुई जना सांसद निलम्बनमा रहेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ४३ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s