११ बैशाख २०८१, मंगलबार | April 24, 2024

बुटवलमा खुल्यो ‘द बाइकर्स हब’



बुटवल । बुटवलको कालिकानगरमा बुटवल राइडर्स क्लबले द बाइकर्स हब सञ्चालनमा ल्याएको छ ।

युवा करिब ३० लाख रुपैयांको लगानीमा उद्यमी रोनिश श्रेष्ठ र अर्जुन कंडेलको ‘द बाइकर्स हब’ सञ्चालनमा आएको हो ।

हबको रेभमाण्डु मोटो भ्लगर र बाइक स्टनर रबिन श्रेष्ठले उद्घाटन गरेका हुन । बाइकर्स हबमा विभिन्न कम्पनीले उत्पादन गरेका १ सय ५० सीसीमाथि विभिन्न कम्पनीका मोटरसाइकल, स्कुटर र बाइक एसेसोरिज उपलब्ध हुने सञ्चालक श्रेष्ठले बताए ।

हबमा मोटरसाइकल चलाउंदा सुरक्षाका लागि आवश्यक पर्ने बुट, घुंडाको सेफ्टी, पन्जा लगायत बाइकका पार्ट्स् र मर्मतका लागि वर्कसप र कफी सप लगायतका सेवा रहेका छन् ।

हबमा ८ जनाले रोजगारी पाएका छन् । युवा उद्यमी श्रेठ बुटवलमा नौलो व्यवसाय गर्न रुचि राख्ने व्यक्ति हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ३२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना