१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोरोना महामारी फैलिएपछी केन्यामा फेरि दुई महिना कर्फ्यू घोषणा



नैरोबी(एएफपी) । केन्यामा फेरि दुई महिना कर्फ्यू घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका हुन ।

रातिको समयका लागि मात्रै लगाइएको कर्प्यूको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यू देशव्यापी हुने अधिकारीहरुले जनाएका छन ।

केन्यामा कारोनाभाइरसको संक्रमण बढेपछि त्यसलाई न्यूनीकरण गर्न कर्फ्यू लगाइएको राष्ट्रपति केन्याटाले बताएक छन् । केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ । त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ ।

पूर्वीअफ्रिकी कतिपय देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ । केन्याका बैदेशिक सिमानाहरु अहिले पनि बन्द गरिएको छ भने विद्यालयहरुमा पनि विदा दिइएको छ । हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागु हुने जनाइएको छ ।

केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या अहिलेसम्म झण्डै एक लाख १२ हजार पुगेको छ । त्यसैगरी एक हजार ९०१ जनाको कोरोनाका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ३१ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’