३ आश्विन २०८३, शनिबार | September 19, 2026

कोरोना महामारी फैलिएपछी केन्यामा फेरि दुई महिना कर्फ्यू घोषणा



नैरोबी(एएफपी) । केन्यामा फेरि दुई महिना कर्फ्यू घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका हुन ।

रातिको समयका लागि मात्रै लगाइएको कर्प्यूको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यू देशव्यापी हुने अधिकारीहरुले जनाएका छन ।

केन्यामा कारोनाभाइरसको संक्रमण बढेपछि त्यसलाई न्यूनीकरण गर्न कर्फ्यू लगाइएको राष्ट्रपति केन्याटाले बताएक छन् । केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ । त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ ।

पूर्वीअफ्रिकी कतिपय देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ । केन्याका बैदेशिक सिमानाहरु अहिले पनि बन्द गरिएको छ भने विद्यालयहरुमा पनि विदा दिइएको छ । हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागु हुने जनाइएको छ ।

केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या अहिलेसम्म झण्डै एक लाख १२ हजार पुगेको छ । त्यसैगरी एक हजार ९०१ जनाको कोरोनाका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ३१ बजे

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी