१६ असार २०८३, मंगलबार | July 1, 2026

प्रदेश १ प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित



विराटनगर । प्रदेश सभा १ को बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, नेकपा नै खारेज भएको अवस्थामा सो अविश्वासको प्रस्तावको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारेमा अन्यौल उत्पन्न भएको थियो ।

प्रदेश सभाको यसअघि फागुन ९ गते बसेको बैठकमा अविश्वासको प्रस्ताव टेबल भएको थियो । त्यसपछि फागुन २० गतेका लागि बैठक बोलाइएको थियो । २० गतेको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि नेकपाका सांसदहरु नेकपा एमाले र नेकपामा बाँडिएका छन् । नेकपा एमालेको ओली पक्षले आफ्नो पार्टीका सांसदहरुलाई अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिइसकेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकाहरुले हस्ताक्षर फिर्ता नलिए कारवाही गर्ने ओली पक्षको तयारी छ ।

तर, माधव नेपाल पक्षका सांसदहरु भने शिर्ष नेतृत्वको निर्देशन पर्खेर बसेका छन् । पार्टीभित्र अध्यक्ष ओलीको चरम पेलानमा परेका माधव झलनाथ पक्षले चैत्र ४,५ मा बोलाएको राष्ट्रिय भेला पछि मात्रै सांसदहरुले के गर्ने भन्नेबारेमा निर्णय गर्नसक्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ४४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी