१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत, नयाँ नाम – नेपाली कम्युनिष्ट पार्टी !



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फर्ने प्रस्ताव राखेका हुन् ।

प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्न प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

२०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेकोमा सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपालाई खारेज गरेको थियो । त्यसपछि पूर्ववत अवस्थामा माओवादी केन्द्रमा फर्किन बाध्य हुँदा पार्टी एकताको भाव मेटिने र अन्य पार्टीबाट एकीकरणमा आउन चाहनेलाई पनि नामले अप्ठेरो पार्ने भएपछि नाम फेर्ने प्रस्ताव आएको थियो ।

स्थायी समिति बैठकले नाम फर्ने विषयमा सहमति गरेको थियो । यद्यपी, नेपाली कम्युनिष्ट पार्टीलाई पनि निर्वाचन आयोगले मान्यता दिन के गर्छ भन्नेबारे कुनै टुंगो लागेको छैन । निर्वाचन आयोगमा नजुध्ने गरी नाम फेर्न केन्द्रीय समितिले बैठकले निर्णय गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ०६ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ