२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

लुम्बिनी प्रदेशस्तरीय विशेष ओलम्पिक प्रतियोगिता सम्पन्न



बुटवल । समाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा र सुस्त मनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीको आयोजना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि विशेष खेलकुद आयोजना गरिएको छ ।

बोसियाका १२ जना खेलाडी लगायत जम्मा १३० जनाको सहभागिता रहेको थियो । बोसिया खेलमा सिपीतिर रुप आत्रेय र विजय खनाल प्रथम, मन्जु कंडेल र सन्तोष पुन द्वितीय स्थान हासिल गरेका छन् ।त्यसैगरी अर्को बौद्धिक तर्फ जुनु टन्डन, र विश्वास बेल्वासे प्रथम, द्वितिय स्थान हासिल गर्नेमा विभुति पाण्डेय र अर्चना के।सी रहेका छन् ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले खेलकुद प्रतियोगिताको उद्दघाटन गरेका थिए भने मस्तिष्क पक्षघात (सिपि) अति अशक्त भएकाहरु बिच खेलिने खेल बोसियाका नवलपरासी सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीका अध्यक्ष लोकनाथ भुुुसालले शुभारम्भ गरे ।

लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले खेलकुद विजेताहरुलाई पुसरस्कार प्रदान गर्दै आफुले अति अशक्त अपाङ्गता भएका खेलकुद क्षेत्रमा आफ्नो र मन्त्रालयको सधै साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघको संघीय सदस्य एवं बोसिया संघको महासचिव देबु पराजुलीले अपाङ्गता भएका खेलाडीहरु लाई बाल्यकाल देखि नै खेलमा समावेश गर्नु पर्नेमा विशेष जोड दिईन ।

कार्यक्रममा प्रदेश पाराओलम्पिक कमिटीका सचिव सावित्रा घिमीरे, विश्व हिन्दु महासंघका नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ, नपाल अपाङ्ग महिला संघका सदस्य कल्पना ढकाल, सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देही संस्थाका सचिव पिताम्बर खरेल, प्राधानाध्यापक मिना भुषाल पाठक, एथलेटिक्स खेलका राष्ट्रिय प्रशिक्षक बुद्धिमान गुरुङ लगायत र बोसिया खेलको प्रशिक्षकमा नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेल ,महासचिव देवकुमारी पराजुली लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ३६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री