१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशस्तरीय विशेष ओलम्पिक प्रतियोगिता सम्पन्न



बुटवल । समाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा र सुस्त मनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीको आयोजना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि विशेष खेलकुद आयोजना गरिएको छ ।

बोसियाका १२ जना खेलाडी लगायत जम्मा १३० जनाको सहभागिता रहेको थियो । बोसिया खेलमा सिपीतिर रुप आत्रेय र विजय खनाल प्रथम, मन्जु कंडेल र सन्तोष पुन द्वितीय स्थान हासिल गरेका छन् ।त्यसैगरी अर्को बौद्धिक तर्फ जुनु टन्डन, र विश्वास बेल्वासे प्रथम, द्वितिय स्थान हासिल गर्नेमा विभुति पाण्डेय र अर्चना के।सी रहेका छन् ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले खेलकुद प्रतियोगिताको उद्दघाटन गरेका थिए भने मस्तिष्क पक्षघात (सिपि) अति अशक्त भएकाहरु बिच खेलिने खेल बोसियाका नवलपरासी सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीका अध्यक्ष लोकनाथ भुुुसालले शुभारम्भ गरे ।

लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले खेलकुद विजेताहरुलाई पुसरस्कार प्रदान गर्दै आफुले अति अशक्त अपाङ्गता भएका खेलकुद क्षेत्रमा आफ्नो र मन्त्रालयको सधै साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघको संघीय सदस्य एवं बोसिया संघको महासचिव देबु पराजुलीले अपाङ्गता भएका खेलाडीहरु लाई बाल्यकाल देखि नै खेलमा समावेश गर्नु पर्नेमा विशेष जोड दिईन ।

कार्यक्रममा प्रदेश पाराओलम्पिक कमिटीका सचिव सावित्रा घिमीरे, विश्व हिन्दु महासंघका नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ, नपाल अपाङ्ग महिला संघका सदस्य कल्पना ढकाल, सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देही संस्थाका सचिव पिताम्बर खरेल, प्राधानाध्यापक मिना भुषाल पाठक, एथलेटिक्स खेलका राष्ट्रिय प्रशिक्षक बुद्धिमान गुरुङ लगायत र बोसिया खेलको प्रशिक्षकमा नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेल ,महासचिव देवकुमारी पराजुली लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ३६ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल