३१ असार २०८३, बुधबार | July 15, 2026

न बिहे, न ब्रतबन्ध, बुटवलको हिलपार्कमा देखियो अचम्मको भोज !



बुटवल । न कसैको बिहे, न कसैको ब्रतबन्ध । न कुनै सत्यनारायण पुजा न त कुनै महापुराण । बुटवलको हिलपार्कमा बिहे, ब्रतबन्ध र पुजा बिना पनि भोजभतेर चलिरहेको थियो । युवाहरु धमाधम पकाउनमा व्यस्त देखिन्थे, कसैले कुखुराको मासु मसलामा मोल्न व्यस्त देखिन्थे भने कोही माछा फ्राई गर्न खटिएका थिए ।

भोजमा पकाउनेलाई जती जाँगर लागेको थियो भोजखान आउनेहरु पनि उत्तीकै रमाईरहेका थिए । प्रदेश सरकारका मन्त्री देखि सामान्य नागरिकसम्मकालाई निम्ता गरिएको भोजमा अलिअलि भाषण अलिअलि गीतसँगीत र धेरै भलाकुसारी चलिरहेको थियो । निम्तालुहरु धेरै दिनपछि भेटिएका साथीसँगीहरुसँग रमाईरहेका थिए ।

हिलपार्कमा चलिरहेको भोजमा पकाउने युवाहरु तिनै युवा थिए, जस्लाई अलिवर्ष पहिले सम्म दमाई भनिन्थ्यो, कामी भनिन्थ्यो, तल्लो जात भनिन्थ्यो र अछुत पनि भनिन्थ्यो । उनीहरुले छोएको खानु हुँदैन भनिन्थ्यो । बिरामी पर्दा उनीहरुको रगत चल्थ्यो, मठमन्दिर बनाउंदा उनीहरुको श्रम चल्थ्यो, कपडा लगाउँदा उनीहरुको सिप चल्थ्यो । तर उनीहरुले पकाएको खाना चल्दैन थियो, उनीहरुले नै बनाएको मन्दिरमा उनीहरुले प्रवेश पाउँदैन थिए, उनीहरुले सिलाएको कपडा लगाएर भान्छा बस्ने कथित ठूला जातका ढोका भित्र उनीहरुको प्रवेश चल्दैन थियो ।

हिलपार्कमा त्यस्तो केहि भएन । तीनै युवाहरुले आज असिना पसीना भएर खाना पकाए । बिभिन्न परिकार बनाए । निम्तालुहरु सबैले मुख मिठाएर खाए । खाँदाखेरी पनि उनीहरुलाई अलग्गै राखिएन । सँगै बसेर काँढमा काँढ मिलाएर ब्राम्हण, क्षेत्री, आदीबासी, जनजाती सबैसबैले भोजमा बसे र भोज खाए । दलित युवाले पकाएको परिकार सबै सबैले हार्दिकतापूर्वक खाए । त्यसैले आजको भोजलाई समताभोज भनियो ।

राष्ट्रिय दलित पत्रकार महासंघ नेपालको बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय भेला तथा महाधिवेशनको सन्दर्भ पारेर विभिन्न सामाजिक संघसंस्थाहरु मिलेर समता भोजको आयोजना गरिएको थियो । भोज खाने प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरी, प्रदेशसभा सदस्य कृष्ण न्यौपाने, कांग्रेस, माओवादी लगायतका पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता थियो ।

समता भोज कार्यक्रमलाई संम्बोधन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावारण मन्त्री लिला गीरीले जातीय भेदभाव, छुवाछुत सामाजिक कुरिती भएको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए । उनले २१ औं शताब्दीमा छुवाछुतका कुराहरु एका देशका कथा जस्तै भएको भन्दै सबैको साझा प्रयासबाट मात्रै जातिय छुवाछुट, भेदभावको अन्त्य हुने बताएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले संविधानत नेपाल छुवाछुत मुक्त देश भनिएको भएपनि विभेद अन्त्य नभएको बताए । उनले विभेद अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताए ।

३ दिन चलेको दलित पत्रकार संघको केन्द्रीय अधिवेशनले विनोद पहाडीलाई अध्यक्ष चयन गर्दै ४१ सदस्सीय केन्द्रीय समिति बनाएर आजै सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : २८ बजे

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित