१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि पनि बस्ने गरी स्थगित भएको छ ।

बिहान ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आइतबार प्रस्तुत गरिएका एजेण्डाबारे छलफल भै निर्णयमा पुग्ने बताइएको छ ।

आइतबारको बैठकमा नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन, पार्टीको नाम फेर्ने, सत्ता समीकरण, पार्टी अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारवाही लगायतका एजेण्डा पेश भएका थिए ।

आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले वर्तमान सन्दर्भमा आफ्नो विचार राख्ने, संगठनात्मक काम, पार्टीको विधान परिमार्जन र पार्टीको अनुशासन, पाँचौ राष्ट्रिय भेला गर्ने लगायतका कार्यसुचीमा समेत छलफल हुँदैछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए ।

यसका साथै सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । बैठकले आजको बैठकमा पार्टी छोडेर गएका मन्त्री सांसद र नेताहरुलाई औपचारिक पत्र पठाई आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

बैठक लगत्तै अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज