६ बैशाख २०८१, बिहिबार | April 18, 2024

चितवनमा ट्रक र बोलेरो ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन ।

काँकडभिट्टाबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका-३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी धादिङको धुसा गाउँपालिका-१ का २७ वर्षीय महेश फुयालको मृत्यु भएको हो ।

आज बिहान ३ः१५ बजे भएको दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ३१ बजे

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज

गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टोकियो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक